सूर्य चन्द काठमाडौँ ।
सिन्धुपाल्चोक जिल्ला घर भई काठमाडौँलाइ कर्मथलो बनाउदै आएकी तारा गहतराज (विश्वकर्मा)ले जीवनमा दुख नै दुख मात्र भोग्नु पर्यो । बच्चा बेला देखिनै विभिन्न दुख पिडा सहदै भौतारिदै जीवन व्यतित तथा जिउने क्रममा उनले कहिले सुखको अनुभव गर्न पाइनन । दुख पिडासँगै अरुकोनै घरमा हुर्केकी ताराको सङ्घर्षको कहानी यस्तो छ ।
गांउमा हुर्के बढेकी ताराले धेरै पढ्न पनि पाइनन, जब उनी जवानीमा प्रवेश गरिन उनको बिहे पनि भयो । विबाह पछिका दिनहरूमा अझ उनको थाप्लोमा जिम्मेवारीहरु थपिदै गए त्यस पछि उनले सन्तानको रूपमा २ छोरा पनि जन्माइन, छोराहरू जन्मे पछि त झन् उनीहरूलाई घरपरिवार चलाउन भनु या दैनिक गुजारा चलाउनपनि हम्मे हुँदै गयो । पहिलो बेरोजगारीको समस्या दोस्रो परिवारमा थप भएको जिम्मेवारी अनि आफ्नो छोराहरुको लालन पोषण देखि उनीहरूको दैनिक आवश्यकता पुरा गर्नु पर्ने जिम्मेवारी साथै उनीहरूको भविष्यको चिन्ताले थपिदै गयो ।
श्रीमान् श्रीमती बिच घरपरिवार कसरि चलाउने भन्ने सल्लाह हुँदै जाँदा श्रीमानलाइ विदेश जाऊ भन्दा विदेश जाँदा पनि म्यानपावर एजेन्सीलाई पैसानै तिर्नु पर्ने बाध्यता भएको हुँदा आफुहरु सँग पैसा नभएको र कसैले ऋण पनि नपत्याउने भएको हुँदा बरु तिमि नै विदेश जाऊ भन्ने घरपरिवारको सल्लाह भयो किनकि महिलालाई खाडी मुलुक जाँदा दलालहरुले सामान्य पैसा लिएर खाडी मुलुकमा घरेलु कामदारको रूपमा पठाउने गर्छन् l त्यसै अनुरूप उनले विदेश जान भनेर पासपोर्ट पनि बनाइन र एक जना म्यानपावरको दलाल मार्फत उनी पहिलो पल्ट लेबनान गईन, जब उनी लेबनान पुगिन र घरमा काम गर्न थालिन उनको कष्टकर दिनहरू सुरु हुन थाले दिने पिच्छे कुटाइ खानु पर्ने, बिहान बेलुका राम्रो सँग खान पनि नदिने, राम्रो सँग सुत्न पनि नपाउने अनि तलब पनि नदिने कार्यहरू हुँदै गए उनको जीवनका सपनाहरू चकनाचुर हुँदै गए l जब उनले दुख भोग्दै गईन तत्पश्चात उनी धेरै बिरामी पनि पर्दै गईन र विदेश गएको एक बर्षमानै केही आफूले काम गरेको रकम लिएर उनी नेपाल फर्कन बाध्य भईन l उनी नेपाल त फर्किन तर अब के गर्ने भन्ने थप अन्योलमा परिन अलिकति कमाएर लिएर आएको पैसाले नि श्रीमानले मोटरसाइकल किनेर सकिदिए,पैसाको अभावले गर्दा उनले आफ्नो राम्रो उपचार पनि गर्न पाइनन l नेपाल आए पछि उनलाई झन् अन्योल थपियो के काम गर्ने कसो गर्ने लगानी गर्ने पनि पैसा छैन र फेरी पनि उनले विदेश जाने निर्णय गरिन l विदेश जाने निर्णय त गरिन तर कहाँ कुन देश जाने भन्ने कुरा आयो अनि उनले एक जना अर्को दलाललाइ भेट्टाइन, उक्त दलालले उनलाई दुबई पठाई दिन्छु भनेर केही रकम लिएर उनलाई दुबई पठाईदियो l
जब उनी दुबई पुगिन त्यस पछि उनलाई केही दिन दुबईमा राखेर उनलाई ओमान भन्ने अर्को देशमा अरबिको घरमा काम गर्न पुर्याइयो l जब उनी ओमानको एक अरबिको घरमा काम गर्न पुगिन उनको नर्कको दिनहरू सुरु भए, उनले त्यो घरको सम्पूर्ण कामहरू एक्लैले गर्नु पर्थ्यो, ८/१० जना परिवारको हरेक कामहरू गर्नु पर्थ्यो, त्यसको अलवा दैनिक रूपले मालिक मालिक्नीले पिट्ने, गाली गर्ने, खान नदिने गर्न थाले जब अत्याचारको पराकाष्ट नाघ्दै गयो,उनी त्यो घरका मालिकका छोराहरुको दैनिक रूपमा शारीरिक शोषणको सिकार बन्न थालिन र आफ्नो मानसिक सन्तुलन गुमाउन पनि थालिन दिन प्रतिदिन l उनको शरीर भरि निलडाम मात्र थिए भने कति चोटि त उनले आत्माहत्याको प्रयास पनि नगरेको होइनन तर आफ्नो २ जना छोराहरुको मायाले मर्न भने सकिनन l
जब तारा गहतराज विश्वकर्माले ओमानको एक अरबिको घरमा दुख पाएर पीडित भएर बसेको कुरा आशा फ़ाउण्डेशनकि अधक्ष्य आशा लामाले पत्ता लगाइन त्यसपछि उनले तारालाई जसरि भए पनि उद्धार गरेर नेपाल फर्काउने सोच बनाएर उनले उद्धारको प्रक्रियाहरू सुरु गरिन l उद्धार गर्न त्यति सजिलो त थिएन तर पनि उनले तारालाइ उद्धार गरेर सम्पूर्ण खर्चको आफैले व्यवस्थापन गरेर उनले तारालाई नेपाल सम्म लिएर आईन तर तारा गहतराज नेपाल आउदाको स्थिति एकदम फरक थियो उनीले पूर्ण रूपमा मानसिक सन्तुलन गुमाएकी थिइन्, न उनले मान्छेनै राम्रो सँग चिन्थिन l जब आशा फ़ाउण्डेशनकि आशा लामाले तारा गहतराजलाइ नेपाल लिएर आइन त्यसपछि उनले तारालाई सुधार केन्द्रमा राखेर उपचार गरेर उनलाई पहिलेकोनै जस्तो सामान्य स्थितिमा बनाएर उनको घरपरिवारलाई जिम्मा लगाइन l त्यति मात्र होइन आशा लामाले ती दुई जना बच्चाहरूलाई शिक्षाको लागि पहल गरेर उनीहरूलाई स्पोन्सर समेतको व्यवस्था गरिदिएकी छिन l हुनत तारा गहतराज विश्वकर्माले आजका मिति सम्म पनि मानसिक सन्तुलनको औषधिको प्रयोग गरिरहनु परेको छ l
तारा गहतराजको दुख यतिमानै समाप्त हुँदैन जब उनी नेपाल आइन उनका श्रीमानले दोस्रो विबहा गरी सकेका रहेछन्, घरपरिवारका अपहेलना समाजको घृणित व्यवहारले उनलाई झन् एक्लो बनायो l दुखका दिनहरू बित्दै थियो परिवार,समाज अनि श्रीमानको अपहेलना सहदै जाँदा आफ्नो छोराहरुलाइ दुख गर्दै हुर्काउदै जाँदा उनको श्रीमानको पनि मृत्यु भयो l श्रीमानको मृत्यु पछि झन् घरपरिवार परिवारले उनलाई अलच्छिन भन्दै हेला गर्न थाले पहिले त उनी एक्लो थिइन् भने झन् अब उनी नितान्त एक्लो भईन l एक्लो जीवन व्यतित गर्दै जाँदा कहिले उनले रागाको, कुखुराको मासुको व्यापार गर्न थालिन त कहिले ज्यामी काम गर्न थालिन l दिनहरू बित्दै थिए त्यतिकैमा उनलाई पनि फेसबुक चलाउने रहर लाग्न थाल्यो र आफ्नो चौध वर्षको छोरालाई फेसबुक खोल्न लगाइन l फेसबुक चलाउदै जाँदा उनको भेट कतारमा बस्ने सुर्खेतका जित बहादुर बिक सँग भयो र सुरु भयो फेरी अर्को प्रेम कहानी । उनीहरूले विदेशमा बस्दा भोगेका आफ्नो आफ्नो दुख सुखका कुराहरू साट्दै जाँदा एक अर्कालाई साथ दिने कुराहरू पनि हुन थाले त्यतिकैमा जित बहादुरले तारालाई भने हेर तारा म पनि दुख भोगेको पिडा भोगेको मान्छे हु l सानै उमेर देखि दुखमा हुर्केर अहिले कतारमा दुख गर्न आए तर यहाँ पनि मेरो कम्पनी राम्रो परेन तिन चार महिना देखि तलब पाको छैन त्यही भएर म नेपाल आउन चाहन्छु बरु हामी दुख सुख सँगै बाढेर बसुला तिम्रो छोराहरुलाई पनि हामी दुई जना मिलेर भरण पोषण गरुला बरु एउटा छोरा बिरामी भएको भनेर अस्पतालको कागज बनाएर पठाई देउन भनेर फकाई फुलाई गरेर तारालाई आफ्नो मायाजालमा फसायो l जित बहादुरले भन्दै गयो र तारा गहतराजले उसको कुरा सुन्दै र मान्दै गईन । जब उनले नेपालबाट रु १५०० तिरेर अस्पतालको नक्कली कागज बनाएर कतार पठाइन अब जित बहादुरको नेपाल आउने कुरा पक्का भयो ।
सुर्खेतका जित बहादुर बिक जब कतार बाट नेपाल आए त्यसपछि उनले आफ्नो झोलाहरु कुनै एउटा होटेलको रूममा राखेर तारालाई कल गरेर आफू नेपाल आइसकेको जानकारी गराए र आफू आकाशे पुलनिर भएको र आफूलाई लिन आउन आग्रह गरे तर बेलुकाको समय भएको र आफू आउन नसक्ने जानकारी ताराले गराइन बरु ट्याक्सी चढेर आउन र यहाँ आए पछि ट्याक्सीको पैसा आफूले तिरिदिने कुरा गरे पछि जित बहादुर तारालाई कल गर्दै गाडी चढेर काठमाडौँको थलीमा पुगे जहा तारा जित बहादुरलाई कुरेर बसेकी थिइन l जब उनीहरूको भेट भयो दुख सुखका कुराहरू गर्दै माया साट्न थाले, भविष्यका योजनाहरू बुन्न थाले अनि सुन्दर सपनामा रमाउन थाले, आफूले विदेशमा भोगेका दुखका कुराहरू सुनाउन थाले l ताराले उनको घर परिवार अनि समाजको मान्छेलाई पनि चिनाइन र आफ्नो भाइ बस्ने ठाउँमा समेत लगेर परिचय गराइन ।
तर उनको खुसी धेरै दिन सम्म रहन सकेन जित बहादुर नेपाल आएको पाँच दिनमानै आफ्नो बाबु मरेको र क्रियापुत्री बस्न सुर्खेत जानु पर्ने कुरा बताए अनि आएको पाच दिनमा जित बहादुर बिक तारालाई छोडेर सुर्खेत घर जान्छु भनेर हिडे र जाने बेला समेत गाडी भाडा भनेर रु १००० लिएर गएका थिए । जब जित बहादुर तारालाई छोडेर हिडे त्यसपछि सम्पर्क बिहिन भए न फेसबुकमा म्यासेज आउँछ न मोबाइलमा कलनै अनि मात्र थाहा भयो उनले धोका पाएको र गल्ती गरेकामा पछुतो लाग्न थाल्यो तारा गहतराजलाई । पछि बुज्दै जाँदा उसको त घरमा श्रीमती र तिन जना छोरा छोरी समेत रहेको र घरमा बाबु समेत केही नभएको जानकारी प्राप्त गरिन । ताराले माया गरिन विश्वास गरिन भरोसा गरिन तर आखिर त्यसको बदलामा उनले पाइन् के त ? अहिले उनले आफ्नो छोरा देखि घर परिवार समाज बाट बहिष्कार भोग्नु परेको छ l त्यो जित बहादुरलाई सजाय दिने कसले ? यस्ता तारा जस्ता हजारौँ महिलाहरू पीडित छन् यो हाम्रो समाजमा उनीहरूको पक्षमा बोलिदिने कसले, यो प्रश्नको उत्तर कुनै सम्बन्धित निकाय सँग छ त? तारा गहतराज जस्ता पीडितले न्याय खोज्न कहाँ जाने ?
तारा गहतराज अहिले मानसिक रूपमा एकदम धेरै विछिप्त बनेकी छिन अनि फेरी पनि उनी विदेश जाने सोचमा रहेकी छिन मात्र छोराहरुको भविष्यको लागि भनेर तर के उनी फेरी विदेश गएर उनलाई राम्रो होला त उनी सुरक्षित होलिन त ? विदेश नगए पनि कसैले ऋण पत्याए एउटा सानो चिया पसल खोलेर आफ्नो गुजारा चलाउने उनको सोच छ l तर त्यसको लागि पनि उनले धेरै सङ्घर्ष गर्नु पर्नेछ किनभने नेपाली समाजको वर्तमान परिस्थिति सँग हामी सबै ज्ञातनै छौ ।
समाजसेवी तथा आशा फ़ाउण्डेशनकि अधक्ष्य आशा लामाले उनलाई फेरी पनि विदेश नजान सल्लाह दिएको र आफूले तारा गहतराजको लागि आत्मानिर्भर बनाउन लगानी गरी दिने र उनलाई फेरी पनि सामान्य जीवनमा फर्काउन मद्दत गर्ने अनि एक आत्मानिर्भर महिलाको रूपमा स्थापित गराउन सहयोग गर्ने बचन बद्दता पनि प्रकट गरेकी छिन । यदि तपाईँहरू पनि एक दलित पीडित र अपहेलित महिलालाई सहयोग गर्न चाहनु हुन्छ भने उनलाई सम्पर्क गर्न सक्नु हुनेछ ।