अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१४ | Colorodo: 09:29

झडपमा परि निधन भएका कमर र मुनिजरका परिवारलाई पुर्व मन्त्री राईद्धारा १ लाख ५० हजार सहयोग

बिआरटीनेपाल २०७३ पुष १९ गते ९:५४ मा प्रकाशित

बाँकेको मटेहिया गाविसमा मसिंर २७ गते भएको झडपमा परि उपचारका क्रममा निधन भएका मौलाना वजहुल कमर खाँन र मुनिजर खाँनका छोराछोरीहरूलाई शिक्षाका लागी पुर्व मन्त्री मोहम्मद इश्तियाक  राईले आर्थिक सहयोग गरेका छन् । पुर्व मंत्रि मोहम्मद इश्तियाक राईले मंगलबार एक कार्यक्रमका बिच लक्ष्मणपुर निवासी ४५ वर्षीय मृतक मौलाना वजहुल कमर खाँनकी पत्नी निजामुल निशालाई बच्चाहरुको अध्ययनका लागि १ लाख रुपैया र नरैनापुर निवासी मृतक मुनिजर खाँन कि पत्नी हमसिरा खाँनलाई ५० हजार रुपैंया हस्तान्ञण गरेका हुन् ।

रकम हस्तान्त्रण कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मोहम्मद हारुन, माओबादी पोलिट व्युरो सदस्य अतहर हुसेन फारुकी, शम्सुल राई, चाँद खाँ, जामा मस्जिदका अध्यक्ष रहीस अहमद सिद्दीकी र मुफती शबिहुल हसन मिस्बाही, रेडियो रुबरु एफएमका प्रमुख शकील अहमद कादरी लगायत राप्तीपारीका अगुवाहरूको उपस्थिती रहेको थियो

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू