अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५३ | Colorodo: 21:08

एमालेको अगुवाईमा गरिएको तिन दिने बन्द खुल्यो

बिआरटीनेपाल २०७३ पुष ३ गते ८:३९ मा प्रकाशित

नेकपा एमालेको अगुवाईमा गरिएको तिन दिने बन्द खुलेको छ । बन्द फिर्ता लिइएपछि लामो तथा छोटो दुरीका साधान चलेका छन् भने वजार पनि खुलेको छ ।

बन्दकर्ताहरुले नेपालगन्ज र कोहलपुरमा बन्द अवेज्ञा गरेको भन्दै आधा दर्जन बढी सवारी साधनमा तोडफोड गरेका छन । बन्दकर्ताहरु सडकमा उग्रबन्दा आम सर्वसाधरणले सास्ती खेप्नु परेको थियो ।

नेपालगन्जमा बन्दकर्ताहरुले संशोधन प्रस्तावविरुद्ध चर्को नारावाजी गर्दै मोटरसाईकल र अटो रिक्सा समेत चल्न दिएका छैनन् भने मोटरसाइकल तोडफोड गरि क्षती पु¥याएका छन ।

भे १ प ८७४२ र भे २ प ९८५९, भे ४ प ४४३५ नम्वरको मोटरसाईकल तोडफोड गरिएको छ । प्रहरीकै अगाडी सवारीसाधन तोडफोड हुँदा पनि प्रहरी मुखदर्शक बनेको पीडितहरुले गुनासो गरेका छन । बन्दले गर्दा बजार, उद्योग, कलकारखाना, शिक्षण संस्था आज दिनभर पनि ठप्प रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू