अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५९ | Colorodo: 20:14

कसलाई रहर हुन्थ्यो होला परदेश जाने

बिआरटीनेपाल २०७३ मंसिर १२ गते २२:३३ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको आयोजनामा १०७ औँ देबकोटा जयन्तिको अवसरमा साहित्यिक कवि गोष्ठि, नयाँ कार्यसमितीलाई कार्यभार हस्तान्तरण र गायक तथा सङ्गीतकार वसन्त लम्सालको गिती एल्बम आमा देश र परिवेशको विमोचन भयो । dsc_0125

ब्रुमफिल्ड स्थित जाईका रेष्टुरेन्टमा सञ्चालन भएको कार्यक्रम महाकवि लक्ष्मीप्रसाद देबकोटाको तस्बिरमा माल्यार्पण गरी सुरु गरिएको थियो । कार्यक्रममा बिमोचित गिती एल्बम आमा देश र परिवेशबाट “सम्भावना भए केही देशमा गरी खाने कसलाई रहर हुन्थ्यो होला परदेश जाने” भिडियो क्लिप हेरिरहंदा उपस्थित सबै स्तब्ध बनेका थिए ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष पदम विश्वकर्माको प्रमुख आतिथ्यता तथा वरिष्ठ कलाकर्मि मुकुन्दकिशोर भट्टराई विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा १७ जना भन्दा बढी कवि, कवयत्री, तथा सर्जकहरुले आफ्ना सृजना प्रस्तुत गरेका थिए ।

कोलोराडोमा सक्रिय सङ्घ संस्थाका पदाधिकारी, बुद्धिजीवी, गन्यमान्य, कवि, कवयत्री, गायक, कलाकार,व्यवसायी, बाल बालीका तथा सर्वसाधरणको उपस्थितिले कार्यक्रमको रौनक बढाएको थियो ।

गद्य, पध्य, स्रिंगारीक जस्ता शैलीहरुमा वाचन गरिएका अधिकांश कविता तथा गजलहरुमा महाकवि लक्ष्मीप्रसाद देबकोटाले नेपाली भाषा साहित्यमा पुर्याएका योगदान, मातृ भूमि नेपाल र अमेरिकामा नेपालीहरूको अवस्था झल्काउन खोजिएको थियो । मानिस भाग्यको खोजीमा संसारको जुनसुकै कुनामा बसेर, जस्तो सुकै सुःख र सुविधा उपभोग गरेपनि आफ्नो भाषा सस्कृती, जन्मे हुर्केको देशको माया ममता त्याग्न सक्दो रहेनछ भन्ने भाव यहाँ प्रस्ट देख्न सकिन्थ्यो ।

कार्यक्रमका प्रमुख अतिथि पदम विश्वकर्मा, विशेष आतिथी तथा वरिष्ठ कलाकर्मि मुकुन्दकिशोर भट्टराई, कोलोराडोमा सक्रिय सङ्घ संस्थाका पदाधिकारी, बुद्धिजीवी, गन्यमान्य, कवि, कवयत्री, गायक, कलाकार तथा पत्रकारले गायक तथा सङ्गीतकार वसन्त लम्सालको गिती एल्बम आमा, देश र परिवेश संयुक्त रूपमा बिमोचन गरेका थिए । brt_7761

त्यसै गरी हरेक दुई दुई वर्षमा लक्ष्मी जयन्तिको अवसर पारेर नयाँ कार्यसमितीलाई कार्यभार हस्तान्तरण गरिने गरेको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको सोही कार्यक्रममा नव निर्वाचित अध्यक्ष कृष्णमुरारी ढुङ्गेलको टिमलाई कार्यभार हस्तान्तरण गरिएको थियो । निर्वाचन समितिका संयोजक विनोद त्रीपाठीले नव निर्वाचित पदाधिकारीहरुलाई निर्विरोध निर्वाचित भएको प्रमाणपत्र वितरण गर्दै उनीहरूलाई सफद खुवाएका थिए । यसरी निर्वाचित हुनेहरुमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षमा क्रमशः कृष्णमुरारी ढुङ्गेल, मिना पौड्याल, गौतमसागर राई, दामोदर लुईटेल र रमेश कोइराला रहेका छन् ।

कार्यक्रमको अन्तिम सत्रमा कार्यक्रममा उपस्थित प्रमुख अतिथि, बिशिष्ठ अथिती र अतिथीहरुले नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका थिए । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरका अध्यक्ष भुपेन्द्र महतको सभापतित्वमा तथा उपाध्यक्ष कपिलदेब सुवेदीको प्रस्तुतिमा सम्पन्न साहित्यिक गोष्ठीमा रमेश गुरुङले बिमोचित गिती एल्बम आमा, देश र परिवेशको समीक्षा गरेका थिए । त्यसै गरी महासचिव दिनेश कार्कीले संस्थाको प्रगति विवरण र कोषाध्यक्ष रमेश कोइरालाले आर्थिक विवरण प्रस्तुत गरेका थिए । brt_7760

त्यस्तै कार्यक्रममा उपस्थित पूर्व वरिष्ठ प्रहरी उपरिक्षक नार्कोन्नका दक्षिण एसिया प्रमुख वसन्त कुंवरले अवसरको खोजीमा बिदेशिएका नेपाली दाजुभाइ दिदी बहिनीका धेरै सन्तानहरु लागुपदार्थको कुलतमा फसेको पाइएको हुँदा यसतर्फ बेलैमा सचेतहुन सबैलाई आग्रह गरेका थिए ।

मानिस जहाँ जसरी रहेपनि नेपाल र नेपालीको भाषा संस्कृति जोगाई राख्नु पर्दछ भन्ने उद्धेश्य लिई “भाषा चाहिन्छ भेष चाहिन्छ सिर उठाई बाच्न आफ्नो देश चाहिन्छ” भन्ने मूल मन्त्रका साथ विश्वको ७३ देशमा शाखा र सयौँ च्याप्टरमा फैलिएको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्तर्गत कोलोराडो च्याप्टरको आयोजनामा प्रत्येक महिना कवि गोष्ठीको आयोजना हुने गर्दछ ।

dsc_0103

dsc_0107

dsc_0082

dsc_0075

brt_7767

dsc_0071

dsc_0060

brt_7776

brt_7775

brt_7774

brt_7771

brt_7769

brt_7762

brt_7759

dsc_0097

dsc_0080

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू