अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३३ | Colorodo: 19:48

टेक्सासमा हुने ‘मोसन पिक्चर अवार्ड’लाई सहयोग गर्न उपप्रधानमन्त्रीसँग आग्रह

बिआरटीनेपाल २०७४ असोज २६ गते ५:१३ मा प्रकाशित

नेपाल चलचित्र सङ्घ, कलाकार सङ्घ र निर्देशक समाजका प्रतिनिधिले उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग भेटेका छन्  । आगामी नोभेम्बरमा अमेरिकाको टेक्सासमा हुने ‘मोसन पिक्चर अवार्ड–२०१७’ बारे जानकारी गराउनुका साथै सहयोगको लागि आग्रह गर्न उनिहरुले मन्त्री महरालाई भेटेका हुन् ।

उपप्रधानमन्त्रीको कार्यकक्षमा भएको सो भेटमा उनीहरुले अवार्ड सार्वजनिक गर्नका लागि सहयोग गर्न आग्रह गरेपछि मन्त्री महराले आफ्नो तर्फबाट सहयोग हुने विश्वास दिलाएका छन् ।

भेटमा नेपाल चलचित्र सङ्घका अध्यक्ष प्रदीपकुमार उदय, चलचित्र निर्देशक ऋषि लामिछाने, चलचित्र कलाकार सङ्घका महासचिव सरिता लामिछाने, वरिष्ठ कलाकार सुनिल थापा, कलाकार कविता शर्मा, हल व्यावसायी मधुसूधन प्रधान र गोपालकाजी कायस्थ सहभागी थिए।
–––

 

प्रतिक्रिया