अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४२ | Colorodo: 22:57

‘नेपाल जर्नी अमेरीका’द्वारा चितवनका बाढि पिडितलाई सहयोग

बिआरटीनेपाल २०७४ भदौ ६ गते २३:२८ मा प्रकाशित

नेपाल जर्नी अमेरीकाले चितवनको माडी नगरपालिकाको ९ नम्वर वडाका बिभिन्न स्थानका ८५ घर परिवारलाई राहात प्रदान गरेको छ । बाढीका कारण प्रभाबीत बनेका प्याउली, कुसुमखोला र बादरभुलाका ८५ घर परिवारलाई नेपाल जर्नीले २ लाख ५० हजार बरावरको खाद्ययान्न सहयोग गरेको नेपाल जर्नी अमेरीकाका अध्यक्ष गणेशलाल श्रेष्ठले बताउनु भयो ।

माडीको कुसुमखोलामा २० प्याउली ४५ घर बाधरझुलाका २० घर परिवारलाई चामल ःप्रतिघर १ बोरा , नुन प्रतिघर २ केजी, तेल प्रतिघर १ लिटर दाल प्रतिघर २ केजी ,चिनी प्रतिघर २ केजी साबुन नुहाउने र कपडा धुने प्रतिघर २,२ वटा मसला र बेसार, खुसार्नी ,चियापत्ती बितरण गरीएको संस्थाका सचिव प्रकाश सिग्देलले बताउनु भयो । त्यस्तै महिलाका लागी आवस्यक सेनेटरी प्याड प्रति ब्याक्ति दुई दुई वटा प्याकेट , जिवन जल प्रतिघर ५ वटा,र पानी खाने जग ९० वटा हस्तान्तरण गरीएको उहाले बताउनु भयो । वडा नम्वर ९ का वडा अध्यक्ष शिवहरी सुवेदीको सहितको जनप्रतिनिधिको रोहवरमा सो सामान प्रभावित समुदायलाई हस्तान्तरण गरिएको हो । सो अवसरमा बोल्दै वडा अध्यक्ष सुबेदीले माडिका घेरै क्षेत्र प्रभाबित भएकाले प्रभाबित क्षेत्रका मानिसहरुको स्थाई बासस्थानको प्रवन्ध मिलाउनु आवस्यक रहेको बताउनु भयो ।

बढीका कारण घरबार बिहिन बनेका आफुहरुलाई नेपाल जर्नीको सहयोगले केहि भएपनी राहात मिलेको स्थानियहरुले बताएका थिए ।

कर्यक्रममा बोल्दै युवा ब्यवसायी चन्दन अग्रवालले नेपाल जर्नी अमेरिकाको सहयोगले माडीका बाढी प्रभाबितहरुका लागी तत्कालका लागी ठुलो राहात मिलेको र आगामी दिनमा नेपाल जर्नीले थालेको अभियानमा आफुले साथ दिने बताउनु भयो । उनिहरुको स्थाई आवासको लागी पनि आवस्यक सहयोग गर्न आवस्यक रहेको बताउनु भयो ।

राहात हस्तान्तरण पुर्व माडी नगरपालिकामा भएको नगर प्रमुख ठाकुर ढकाल सहितको छलफलमा नगर प्रमुख ढकालले अव माडीका लागी खद्यान्न राहात भन्दा पनि त्यहाका प्रभाबित समुदायलाई स्थाई बसोबासको प्रवन्ध मिलाउन र आवास ब्यवस्थापनका लागी आर्थीक सहयोगको खाचो रहेको बताउनु भएको यियो ।
मडीको अवस्था र बाढी पछि भएका राहात बितरण र भौतिक संरचना तथा बाटो ममृतमा भएका कामको निरिक्षण गर्न प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्ट् समेत माडी पुग्नु भएको थियो ।

कार्यक्रममा नेपाल जर्नी नेपालका कोषाध्यक्ष प्रकाश काफले,सदस्य मुरली प्रसाद गजुरेल, नारयण काजी श्रेष्ठ नबिन श्रेष्ठ, लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू