अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५७ | Colorodo: 01:12

अमेरिकामा घन्कियो काठमाडौँ ऊपत्यकाको ‘धिमे बाजा’

बिआरटीनेपाल २०७४ साउन ५ गते ३:०७ मा प्रकाशित

काठमाडौँ ऊपत्यकाको गल्ली गल्लीमा बज् ने नेवा: समुदायको  धिमे बाजा अमेरिकाको राजधानी वाशिंगटन डिसीमा पनी बजेको छ।  अमेरिकामा सक्रिय संस्था नेवा: अर्गनाइजेसन अफ् अमेरिकाका नेवा: कार्यकर्ताहरुले नेपालको धिमे बाजा वाशिंगटन डिसीमा पनी घन्काएका हुन्।  

राजधानी वाशिंगटन डिसी नजिकै म्यारिल्याण्डको बुर्तोन्सभिल स्थित वाशिंगटन काली मन्दिरमा  कयता पुजा भनिने नेवा: बालकहरुको ब्रतबन्ध समारोहमा दिवाकर धौमदेल, लक्ष्मन प्रधान, पुस्कर प्रजापती लगायतका नेवा: कार्यकर्ताहरुले नेपालको धिमे बाजा घन्काए। 

 नेवा: अर्गनाईजेसन अफ् अमेरिकाका रामलाल श्रेष्ठले  भने – ‘नेपालदेखी सात समुन्द्र पारी अमेरिकामा पनी नेपालको संस्कृती सम्बर्धनको लागी  हामीले बडो दुख: र खर्च गरेर नेपाल देखी धिमे बाजाका सामानहरु अमेरिका ल्याएका हौँ। ‘

नेवा: संस्कृती बिद तथा पुरोहित बसव राजोपाध्याले ९ जना नेवा: किशोर बालकहरुको  कयता पुजा ब्रतबन्ध गरिदिएका थिए। 
 
नेवा: अगनाइजेसनका ग्लोबल अध्यक्ष सिजन श्रेष्ठ, नर्थ अमेरिकाको जेठो संस्था अमेरिका नेपाल सोशा ई टी का पुर्ब अध्यक्ष  खेम भट्ट चन , नेवा: अगनाइजेसन अफ अमेरिकाका अध्यक्ष बबिता प्रधान, डा. मह्स्वोर बैध्य लगायत  उल्लेख्य संख्यामा नेवा: समुदायको कार्यक्रममा ऊपस्थिती थियो। 
प्रतिक्रिया