मनीग्रामद्वारा सिटी एक्सप्रेससँगको सहकार्यमा नेपालका विभिन्न स्थानबाट रकम भुक्तानी सेवा सुचारू

काठमाडौँ

यो सहकार्यबाट विदेशमा बसेका कामदारलाई वर्षैभरि र समायानुकूल तवरले रकम प्राप्त गर्न अब सजिलो

मनीग्रामले नेपालमा आफ्नो पहुँच बढाउँदै सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रा.लिई.सँग सहकार्य गरेको छ । विदेशमा काम गरिरहेका नेपालीलाई अब नेपालमा रकम पठाउनका लागि अझ सुविधाको टेवा पुगेको छ ।

दक्षिण एसियाका मनीग्रामका क्षत्रीय निर्देशक शेशागिरी मालिया भन्नुहुन्छ, “नेपालमा रहेका ग्राहकहरूलाई सहज र पायक पर्ने सेवा दिनका लागि संसारभरि रहेका नेपालीलाई सेवा र्पुयाउन मनीग्राम तत्पर छ । सिटी एक्सप्रेससँगको सहकार्यले अब सो सेवा अझै विस्तारित भएको छ र विशेष गरी मिडल इस्टमा (गल्फ क्षेत्र) काम गर्ने नेपालीका लागि यो सहकार्य उपयोगी साबित हुनेछ ।

moneygram (3)

सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक श्री चन्द्र टण्डन भन्नुहुन्छ, “संसारको सबैभन्दा अग्रणी रेमिटान्स सेवा प्रदान गर्ने कम्पनी मनीग्रामसँग सहकार्य गरी सेवा र्पुयाउन पाउँदा हामी अत्यन्तै हर्षित र उत्साहित छौँ । यो सहकार्यले सुदृढ सेवा र्पुयाउन हामीलाई धेरै मद्दत गर्नेछ ।“
यसका साथै, मनीग्रामको सेवा सिटी एक्सप्रेसबाट प्राप्त गर्ने ग्राहकले कारोबार गर्ने बित्तिकै रु. ५० को टपअप आफ्नो मोबाइलमा प्राप्त गर्न सक्नेछन् ।

यो सहकार्यले मनीग्रामको नेपालमा उपस्थितिलाई अझ बलियो बनाएको छ । विश्व बैङ्कका अनुसार नेपालमा सन् २०१५मा ५.८ बिलियन डलरको रेमिटान्स भित्रिएको जनाएको छ । यसमा कतारबाट १.६८ बिलियन डलर र साउदी अरेबियाबाट १.६० बिलियन डलर भित्रिएको जनाउ गरिएको छ । अन्य क्षेत्रहरूमा संयुक्त अरब इमिरेट्स, अमेरिका, कुवेत र मलेसिया अग्रणी स्थानमा छन् ।

मनीग्रामका बारेमा
मनीग्राम संसारको अग्रणी मनी ट्रान्सफर सेवा प्रदायक हो । यसले २००भन्दा बढी देशहरूमा ३५०,०००भन्दा बढी स्थानबाट आफ्नो सेवा दिँदै आएको छ जसमा निजी व्यवसायी, अन्तर्रा्ष्ट्रिय हुलाक तथा बैङ्कहरू पनि रहेका छन्। मनीग्रामले बिल भुक्तानी, मनी अर्डर तथा केही स्थानमा आधिकारिक चेकहरूको प्रक्रिया पनि पूरा गर्छ । मनीग्रामबारे थप जानकारी mयलभथनचबm।अयm बाट प्राप्त गर्न सकिन्छ ।

सिटी एक्सप्रेसका बारेमा
नेपालको एक अग्रणी रेमिटान्स सेवा प्रदायक हो – सिटी एक्सप्रेस जसले नेपालका सुगम वा दुर्गम कुनै पनि क्षेत्रमा सेवा दिँदै आएको छ । सिटी एक्सप्रेसले जापान, साउदी अरेबिया, कतार, मलेसिया, तथा अन्य देशबाट रेमिटान्स भित्र्याउने आन्तरिक व्यवस्था गरेको छ । सिटी एक्सप्रेसको थप जानकारी अतहउचभकक।अयm बाट प्राप्त गर्न सकिन्छ ।

प्रेस विज्ञप्ति

moneygram (1)

Published on August 25, 2016 at 6:32 am

Loading...

यसमा तपाइको मत