काभ्रे बस दुर्घटनाका घाइतेहरुको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने

विआरटि नेपाल सम्बाददाता

काठमाडौं, ३२ साउन ।

काभ्रेमा बस दुर्घटनामा घाइतेको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । राष्ट्रिय ट्रमा सेन्टरमा घाइतेलाई भेट्ने क्रममा गृहमन्त्री विमलेन्द्र निधिले उपचार खर्च सरकारले व्यहोर्ने बताएका हुन् ।

‘घाइतेको नि:शुल्क उपचार हुनेछ । उपचारमा कुनै कसर बाँकी रहनेछैन । उपचार जतिसक्दो चाँडो गर्न अस्पताललाई निर्देशन दिइएको छ,’ घाइतेलाई भेटेपछि निधिले पत्रकारसाग भने ।

बस दुर्घटना भएको खबर प्राप्त भएलगत्तै प्रधानमन्त्री  प्रचण्डले घाइतेको तत्काल उद्धार गर्न निर्देशन दिएका थिए । प्रधानमन्त्रीको निर्देशनपछि घाइतेको उद्धार गर्न तत्काल सेनाको हेलिकोप्टर घटनास्थलतर्फ खटिएको थियो ।

काभ्रेको कोसीपारीस्थित बिर्तादेउराली–९ खहरेखोलामा सोमबार बस दुर्घटना हुादा २७ जनाको मृत्यु भएको छ । काठमाडौंबाट बिहान ७ बजे काभ्रेको कोसीपारीस्थित मादनकुाडारीतर्फ जाादै गरेको बा.३ख १०६ नम्बरको यात्रुबाहक बस दुर्घटना हुादा २७ जनाको मृत्यु र ३६ जना गम्भीर घाइते भएका छन् । बस भीरबाट करिब ५ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।  नयाँ पत्रिका दैनिकमा समाचार छ।

 

Published on August 15, 2016 at 9:05 pm

Loading...

यसमा तपाइको मत