अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१२ | Colorodo: 22:27

राष्ट्रपति भण्डारीलाई बर्मेली नेपाली समुदायद्धारा स्वागत

बिआरटीनेपाल २०७६ कार्तिक १ गते ७:४६ मा प्रकाशित

म्यानमारको भ्रमणमा रहनु भएकी राष्ट्रपति विद्यादेवी विद्यादेवी भण्डारीलाई त्यहा रहेका बर्मेली नेपाली समुदायले भब्य स्वागत गरेका छन् । नेपाली ढाकाटोपी र साडीचोलोमा रहेका बर्मेली नेपाली समुदायले भब्य स्वागत गरेका हुन् ।

राजधानी नेपितबाट पिनुइलिन पुग्नु भएकी राष्ट्रपति भण्डारीले त्यहाँस्थित नेपाली समुदायलाई सम्बोधन समेत गर्नुभयो । सम्बोधनका क्रममा राष्ट्रपति भण्डारीले म्यानमारमा बसेर पनि नेपाली भाषा, संस्कृति रीतिरिवाज र परम्पराको संरक्षण गरेकोमा त्यहाँका नेपाली समुदायको प्रशंसा गर्नुभएको थियो । म्यानमार गोर्खा धार्मिक एसोसिएसनले राष्ट्रपतिको सम्मानमा गरेको स्वागत समारोहमा बोल्दै उहाले आफ्ना पूर्वज जस्तै मेहनती लगनशील उद्यमी भएर नेपाल र नेपालीको इज्जत राख्न आग्रह गर्नुभएको छ ।

सम्बोधनको क्रममा राष्ट्रपतिले म्यानमारको विकासमा सहयोगी बन्न पनि त्यहाँका नेपाली समुदालाई आग्रह गर्नुभयो । उहाले भ्रमण वर्ष २०२० मा आफ्ना पुर्खाको भूमि नेपाललाई सम्झेर नेपाल भ्रमणमा आउन बर्मामा रहेका नेपाली समुदायलाई निम्तो समेत गर्नुभएको थियो । त्यसअघि राष्ट्रपति भण्डारीले त्यहा रहेको दुर्गा र पशुपतिनाथको मन्दिरको दर्शन समेत गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू