अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१७ | Colorodo: 11:32

नेपाल विकास र समृद्धिको नयाँ बाटोमा अघि बढेको प्रधानमन्त्री ओलीको भनाई

बिआरटीनेपाल २०७६ असोज २९ गते ८:०७ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलकसँगको सम्बन्ध सुधार र मुलुकभित्र नयाँ आयोजनाको थालनी गरेर नेपाल विकास र समृद्धिको बाटोमा अघि बढेको बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बडादसैं, तिहार, नेपाल संवत, छठलगायत पर्वका अवसरमा आज भृकुटिमण्डपमा आयोजित शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले आफ्नो स्वार्थ भएकाले आँखा चिम्लेर केही पनि भएन भन्ने गरेको बताउँदै उनीहरुलाई आँखा खोलेर जनताका लागि भएका काम हेर्नुपर्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले नेपाल सांस्कृतिकरुपमा समृद्ध रहेको चर्चा गर्दै विविधतामा एकता रहेको बताउनुभयो । उहाँले विविधताको एकतालाई कसैले विखण्डन गर्न नसक्ने उल्लेख गर्नुभएको थियो ।

एकताको बलको आधारमा राष्ट्रिय एकतालाई थप सुदृढ पार्दै समृद्ध नेपाल सुखी नेपाली अभियानमा सरिक हुन प्रधानमन्त्रीले आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू