अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३७
| Colorodo: 21:52
प्रदेश नम्बर–१ को प्रदेशसभा बैठक प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अवरुद्ध गरेको छ । मनमोहन प्राविधिक विश्वविद्यालयसम्बन्धी विधेयक फिर्ताको माग राख्दै कांग्रेसले मंगलबारको प्रदेशसभा बैठक अवरुद्ध गरेको हो ।
कांग्रेस प्रदेशसभाका प्रमुख सचेतक केदार कार्कीले माग सम्बोधन नभए ‘रोस्ट्रम’ घेराउ गर्ने चेतावनी दिएपछि बैठक अवरुद्ध भएको हो । प्रदेशसभाको बैठकमा सामाजिक विकास समितिका सभापति सरिता थेवेले प्रतिवेदनसहित विधेयक सभामा पेस गर्ने कार्यसूची रहेको थियो ।
कांग्रेसले प्रतिवेदन कार्यसूचीबाट नहटाए सदन चल्न नदिने बताएपछि पहिलोपल्ट २० मिनेटका लागि सदन स्थगित गरिएको थियो । दोस्रो बैठक सुरु भएलगत्तै फेरि कांग्रेसले विरोध जनाएपछि प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीले बैठक बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको घोषणा गर्नुभयो ।