अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३७ | Colorodo: 19:52

गैर आवासीय नेपाली सङ्घ युरोपियन संयोजकमा प्रेम गुरुङले उम्मेदवारी दिने

बिआरटीनेपाल २०७६ भदौ १५ गते ९:०७ मा प्रकाशित

बेल्जियम । आगामी अक्टोबरमा काठमाण्डौमासम्पन्न हुन गैरहेको गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्को २०१९-२०२१ को कार्यकालको लागि सम्पन्न हुने निर्वाचनमा बेल्जियमका प्रेम गुरुङले युरोप क्षेत्रको संयोजकमा उम्मेदवारी दिने घोषणा गरेका छन् । एनआरएन ए बेल्जियमको २०१३-०१५ का अध्यक्ष रहेका गुरुङ युरोपियन उपसंयोजक रहेर कार्यभार सम्हाली सकेका छन् ।

आफू अध्यक्ष रहेको बेला बेल्जियममा अप्ठेरोमा परेका नेपालीहरूको हितको लागि अक्षयकोष स्थापना गरेका साथै गुरुङ ले नेपालमा भूकम्प पीडितको सहयोगार्थ विभिन्न कार्यक्रमहरू सञ्चालन गरी एक करोड बढी रुपैयाँको सहयोग जुटाउन सफल भएका थिए ।

बेल्जियममा स्थापित व्यवसायीको रूपमा परिचित गुरुङले हाल सफल रूपमा होटेल तथा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गरिरहेका छन् । आफ्ना प्रतिबद्धता र कार्यक्रम निर्धारणमा हाल व्यस्त रहेको र निकट भविष्यमै प्रस्ट खाका सहित प्रस्तुत हुने कार्यक्रम रहेको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू