अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५२ | Colorodo: 07:07

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीलाई कारवाही गर्ने प्रधानमन्त्री ओलीको चेतावनी

बिआरटीनेपाल २०७६ साउन ७ गते १०:०५ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई कडा कारवाही गर्ने चेतावनी दिनुभएको छ । प्रतिष्ठानका कूलपति समेत रहनुभएका प्रधानमन्त्री ओलीले प्रतिष्ठानलाई राजनीतिक खेल मैदान बनाउने गरिएको उल्लेख गर्दै त्यसमा संलग्न पदाधिकारीमाथि कडा कार्वाही गर्ने चेतावनी दिनुभएको हो ।

प्रधानमन्त्री ओलीले सो प्रतिष्ठानको गैरजिम्मेवार कामको छानबिन गर्न गठित समितिले आफूलाई नबुझाई प्रतिवेदन सञ्चार माध्यामहरुमा सार्वजनिक गरेकोमा पनि आपत्ति समेत जनाउनुभयो ।

मंगलबार काठमाडौंमा आयोजित प्रतिष्ठानको तेस्रो सभामा बोल्दै प्रधानमन्त्री ओलीले कूलपति समेत रहेको आफूलाई नबुझाई सो प्रतिवेदन बाहिर आउनुलाई राजनीतिकरणको संज्ञा दिँदै आफूलाई सैह्य नहुने प्रष्ट पार्नुभयो । प्रतिष्ठानलाई तत्काल स्वच्छ र पारदर्शी बनाउन केन्द्रित हुन पनि सम्बन्धित निकायलाई सचेत गराउँदै उहाँले सरकार कसैको दवाव र प्रभावमा नपर्ने भएकाले सोही अनुसार काम गर्न पनि सबैलाई सचेत गराउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू