अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३७ | Colorodo: 00:52

नेपाली राष्ट्रिय खेलाडी विक्रम लामा बेलायतमा सम्मानित

बिआरटीनेपाल २०७६ साउन ५ गते ७:५६ मा प्रकाशित

नेपाली राष्ट्रिय फुटबल खेलाडी विक्रम लामा बेलायतमा सम्मानित हुनुभएको छ । बेलायत भ्रमणमा रहेका उहाँलाई नेपाली दुतावासले सम्मान गरेको हो ।

बेलायतका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले उहाँलाई सम्मान गरेको सामाजिक सञ्जाल फेसबुकमा जनाएका छन् । लामाले राजदूत सुवेदीलाई भने जर्सी उपहार दिनुभएको थियो । खुट्टाको शल्यक्रियापछि फुटबलमा फर्किएका विक्रम नवल गुरुङसँग थप परामर्शका लागि बेलायत जानुभएको थियो । नवल राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू