अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३२ | Colorodo: 03:47

कतारमा सुतेकै अवस्थामा नेपालीको मृत्यु

बिआरटीनेपाल २०७६ वैशाख ३ गते ९:४६ मा प्रकाशित

बैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेका एक नेपालीको सुतिरहेकै अवस्थामा मृत्यु भएको छ । लमजुङको दूधपोखरी गाउँपालिका २, बिचौरका ३८ वर्षीय इन्द्रप्रसाद दवाडीको मृत्यु भएको हो । राति सुतिरहेका दवाडीलाई छटपटाइरहेको देखेपछि साथीहरुले दवाडीलाई उपचारका लागि अस्पताल पु¥याएका थिए ।

दवाडी पछिल्लो समय ३ महिनाअघि बुवा गिरीधारी दवाडीको निधनपछि घर आएर फर्केका थिए । आमा–बाबुको ३ महिनाको अन्तरमा निधन भएको थियो । मृतक दवाडीको श्रीमती, छोरीहरु १३ वर्षीया इना, ७ वर्षीया युनिका दवाडी र ५ वर्षीय छोरा युकेश दवाडी छन् । उनको शव नेपाल ल्याउने तयारी भइरहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू