अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२६ | Colorodo: 04:41

निलाम्बर आचार्यलाई भारतद्वारा राजदूतमा स्वीकार

बिआरटीनेपाल २०७५ माघ ५ गते १:३७ मा प्रकाशित

भारतका लागि नेपाली राजदूतमा सिफारिस भएका निलाम्बर आचार्यको एग्रिमो आएको छ । भारतले हालै आचार्यलाई राजदूतमा स्वीकृत गरेको हो । परराष्ट्र मन्त्रालय उच्च स्रोतका अनुसार आचार्यको एग्रिमो स्वीकृत भएको जानकारी औपचारिक रुपमा आइसकेको छ । एग्रिमो आएपछि राष्ट्रपतिले औपचारिक रुपमा राजदूत नियुक्त गर्नुपर्ने संवैधानिक व्यवस्था छ । आचार्यको नाम गत महिना संसदको सार्वजनिक सुनुवाई विशेष समितिले सर्वसम्मतिले स्वीकृत गरेको थियो ।

आचार्य पहिलो संविधानसभामा काँग्रेस सिफारिसमा सभासद हुनुहुन्थ्यो । कम्युनिष्ट पृष्ठभूमिका आचार्य बहुदलीय व्यवस्था पुनस्र्थापनापछि ०४७ सालमा गठित अन्तरिम सरकारका कानूनमन्त्री बन्नुभएको थियो । यस्तै आचार्यसँग यसअघि श्रीलंकाका लागि नेपाली राजदूत भएर काम गरेको अनुभव समेत रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू