अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५८
| Colorodo: 20:13
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी माघ १० गते बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज विज्ञप्ति जारी गरी आगामी माघ १० गते बिहिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक आह्वान गरिएको जानकारी दिनुभएको हो ।
बैठकमा मुलुकको वर्तमान अवस्था र आगामी दिनमा कांग्रेसले लिने नीति तथा समसामयिक विषयमा छलफल हुने विज्ञप्तिमा उल्लेख छ ।