अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०४ | Colorodo: 21:19

भुकम्प प्रभावित बिद्यालय निर्माणका लागि एनआरएन बेल्जियमले सांगीतिक कार्यक्रम गर्दै

बिआरटीनेपाल २०७३ मंसिर १ गते ३:३६ मा प्रकाशित

गैर आवासीय नेपाली संघ बेल्जियमले सांगीतिक कार्यक्रम गर्ने भएको छ । नेपालमा गएको महाभूकम्प बाट क्षति ग्रस्त बिद्यालय भवनको पुननिर्माणको सहयोगको लागी एन आरएन बेल्जियमले आगामी २० नोभेम्वर र २७ नोभेम्वरका दिन बेल्जियमको आन्त्रोपेन र लुभेनमा दुई छुट्टा-छुट्टै  सांस्कृतिक च्यारीटी आयोजना गर्ने भएको हो ।

नेपालमा गएको महाभूकम्प बाट क्षति ग्रस्त बिध्यालय भवनको पुननिर्माण सहयोगको लागी नेपालका ख्याती प्राप्त नेपाल ताराका आईडल गायक दिपक लिम्बु, गायिका साईमा कलाकार द्वय झरना र एन्जल को साथमा बृहत सांकृतिक कार्यक्रमको आयोजना गर्न लागीएको जनाईएको छ ।

यसरी आयोजना गर्न लागिएको सांस्कृतिक कार्यक्रम बेल्जियमका दूई प्रसिद्ध शहर आन्त्रोपेनमा २० नोभेम्वर र लुभेन शहरको ओंजहाउसमा २७ नोभेम्वरमा हुने भएको छ । भने कार्यक्रमका लागी प्रवेश शुल्क यूरो दश राखिएको जनाईएको छ । च्यारीटी सास्कृतिक कार्यक्रम अन्तर्गत नेपालमा गएको महाभूकम्प बाट क्षति ग्रस्त बिध्यालय भवन निर्माण सहयोगका लागी केहि रकम अघिल्लो कार्यक्रम बाट संकलन भई सकेको र आगामी आयोजना गर्न लागीएको कार्यक्रम बाट संकलित एक मुष्ठ रकम बिध्यालय पुननिर्माण सहयोगको लागी हस्तान्तरण गर्ने कार्यक्रम रहेको गैर आवासीय नेपाली संघ बेल्जियमका महासचिव लोक दाहालले जनाएका छन् ।

नेपालको भूकम्प प्रभावित क्षेत्रमा रहेको क्षति ग्रस्त बिद्यालय पुनर्निर्माण सहयोग को लागी आयोजना गर्न लागीएको सांगीतिक च्यारीटी कार्यक्रम लाई सहयोग र सफल पार्नको लागी बेल्जियम स्थिति सम्पूर्ण नेपाली संघ(संस्थाहरु लगाएत बेल्जियमवासी गैर आवासीय नेपालीहरुलाई उपस्थितिको लागी समेत अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू