अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१० | Colorodo: 07:25

संविधान कार्यान्वयनमा सरकार चुक्यो–नेपाली कांग्रेस

बिआरटीनेपाल २०७५ असोज ३ गते ९:३५ मा प्रकाशित

संविधान कार्यान्वयनमा सरकार चुकेको भन्दै नेपाली कांग्रेसले सरकारको कडा आलोचना गरेको छ । संविधान दिवसको अवसरमा बुधबार पत्रकार सम्मेलन गरी कांग्रेसले संविधान कार्यान्वयनको पछिल्लो अध्याय किन अझै अधुरो भन्दै ११ बुँदामा सरकारको आलोचना गरेको हो । पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ११ बुँदै प्रेस विज्ञप्ति सार्वजनिक गर्दै सरकारको कामले संघीयतालाई अलोकप्रिय बनाउन सहयोग गरेको आरोप लगाउनुभयो । राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोग निर्माणमा संघीय सरकारले ढिलाइ गरेका कारण जथाभावी कर निर्धारणको स्वन्छन्दताले अन्तत संघीयतालाई अलोकप्रीय बनाउने डिजाइनलाई बल पुगेको कांगे्रसद्धारा जारी बिज्ञप्तिमा उल्लेख छ ।

संघीयतासहितको संविधान बनेर तीन तहका सरकार गठन भएपनि केन्द्रीय सरकारको इच्छाशक्ति र क्षमता प्रस्तुत गर्न नसकेको र प्रदेश र केन्द्रबीचको द्वन्द्व सार्वजनिक हुँदा संघीयताप्रति नकरात्मक प्रभाव परेको कांग्रेसको तर्क छ । कर्णाली र गण्डकी प्रदेश बाहेक अन्य पाँचवटा प्रदेशको नामाकरण र राजधानीको टुंगो नलागेको र त्यसप्रति गम्भीरतापूर्वक विषय प्रबेश नै नगराइएको कांग्रेसको आरोप छ ।

सरकार संविधान पालना र संविधानप्रति अपनत्व विस्तारमा चुकेको, संविधान अनुरुप लोकतान्त्रिक चरित्र नभएको, शान्ति सुरक्षा कायम गर्न नसकेको कांग्रेसले बताएको छ । पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता विश्वप्रकाश शर्माले संविधान कार्यान्वयनको आधार अधुरै रहेको बताउनुभयो । सरकारकै कमजोरीका कारण संविधान दिवसको अवसरमा कतै कालो दिवससमेत मनाएका दृश्य देखिएको प्रवक्ता शर्माको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू