अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२५ | Colorodo: 08:40

सरकार र डा. केसीको वार्ता असफल

बिआरटीनेपाल २०७५ साउन ९ गते ८:५१ मा प्रकाशित

सरकार र डा. गोविन्द केसीको वार्ता असफल भएको छ । सरकार जिम्मेवार ढंगले प्रस्तुत नहुँदा वार्ता असफल भएको भन्दै डा. केसीको वार्ता टोलीले आफूहरुको २२ बुँदे सूचीका आधारमा चिकित्सा शिक्षा विधेयक पास गर्ने प्रतिवद्धता आएपछि मात्र वार्तामा बस्ने बताएको छ ।
सरकारले भने राजनीति भएका कारण डा. केसीसँगको वार्ता असफल भएको जनाएको छ । सरकार र डा. केसीको वार्ता टोलीबीच सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा वार्ता भएको थियो । तर, चिकित्सा शिक्षा विधेयकमा डा. केसी पक्षले राखेको संशोधनका प्रस्तावमा सरकारी पक्षले कुनै ठोस जवाफ नदिएपछि वार्ता असफल भएको हो ।

स्रोतका अनुसार सरकारी टोलीले नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङलाई विधेयक संशोधनका लागि मध्यस्थकर्ताको भूमिका खेल्न आग्रह गरेको थियो, जसले सरकार र डा. केसीको सम्वादहीनता अन्त्य गर्न पहल गर्नुभएको थियो । तर, नेता नेम्वाङले विधेयक संसदको विषय भएको बताएपछि सरकारी टोलीले सहमति दिन सकेन ।

डा. केसीको स्वास्थ्य असाध्यै नाजुक भइसक्दा पनि सरकारी पक्ष गैरजिम्मेवार बनेको र विधेयकसम्वन्धी दफागत छलफलमा प्रवेश नै गर्न नचाहेको केसीको वार्ता टोलीका संयोजक डा. अभिषेकराज सिंहले वताउनुभएको छ । डा. केसीको वार्ता टोलीले सरकारलाई उपलब्ध गराएको सूचीअनुसार सुधारसहित विधेयक पारित गर्ने प्रतिवद्धता आए मात्र अर्को वार्ता गर्ने बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू