अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२२ | Colorodo: 21:37

यूएर्इमा रहेका थारू समुदायले मनाए माघी पर्व र नयाँ वर्ष २६४२

बिआरटीनेपाल २०७४ पुष ३० गते २:५९ मा प्रकाशित

यूएर्इमा रहेका थारू समुदायले माघी पर्व र थारु समुदायमा प्रचलित नयाँ वर्ष २६४२ समे भब्यरुपमा मनाएका छन् । माघे सन्क्रान्तीको सेरोफेरोमा धेरैको बिदालाई मध्यनजर गर्दै गत पुस २८ शुक्रबार दुबईमा माघी विशेष कार्यक्रम गरिएको थियो ।

रोजगारीको सिलसिलामा यूएईमा रहेका सिमित थारुहरुको उपस्थितिमा मनाइएको माघी पर्वको सहजिकरण समाजका कोषाअध्यक्ष वासुदेब चौधरीले गरेका थिए भने प्रवक्ता खेम महतोले औपचारिक कार्यक्रममा सहभागी अतिथिहरुलाई स्वागत गरेका थिए ।नेपाल आदिवासी जनजाति महासंघ यूएई शाखाका अध्यक्ष पासाङ् शेर्पाको प्रमुख आथित्यमा थारु कल्याणकारिणी समाजमा आबद्ध थारुहरु र शुभचिन्तकहरुले माघी पर्व एबम थारु नयाँ वर्ष २६४२ बिधिवत रुपमा मनाएका हुन् ।

कार्यक्रममा थारु महिला जनजागरण संघ मध्यपस्चिमाञ्चल नेपालबाट अध्यक्ष सुशिला चौधरी विशेष अतिथिका रूपमा उपस्थित भएकी थिइन् ।

चौधरीले माघे संक्रान्तीका साथै नयाँ बर्ष २६४२ को महत्त्वका बारेमा प्रकाश पारेकी थिइन् । दुबईको जाबिल पार्कमा आयोजना गरिएको उक्त कार्यक्रमममा थारुहरुको मौलिक खानाको ब्यवस्था आयोजकले गरेको थियो ।

मन्तब्यका क्रममा चौधरीले प्रवास भएका थारु समुदायलाई अझ जागरुक पार्दै आफ्नो कला र संस्कृतिलाई जगेर्णा गर्नुपर्नेमा जोड दिइन् ।

किशोर चौधरीको सभापतित्वमा भएको औपचारिक कार्यक्रमको समापन पछि रमाइलो खेलकुद समेत प्रदर्शन गरिएको थियो । खेलकुदको सहजिकरण लेखकुद विभागका प्रमुख बुद्धि चौधरीले गरेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू