अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२५ | Colorodo: 07:40

विपद जोखिमबाट सुरक्षित मुलुक निर्माणतर्फ लाग्नुपर्छ – राष्ट्रपति भण्डारी

बिआरटीनेपाल २०७८ मंसिर २२ गते ६:५२ मा प्रकाशित

राष्ट्रपति विद्या भण्डारीले सबै प्रकारका विपद् जोखिमबाट सुरक्षित मुलुक निर्माणतर्फ लाग्न आह्वान गर्नुभएको छ । आजबाट काठमाडौंमा सुरु भएको ‘नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन २०७८’ को उद्घाटन समारोहमा बोल्दै उहाँले २०७२ सालमा गएको विनाशकारी भूकम्पपछि पुनर्निर्माण तथा पुर्नस्थापना कार्यमा प्राप्त गरेका सफलता, सिकाई र अनुभवहरूको जगमा उभिएर सुरक्षित मुलुक निर्माणतर्फ लाग्न सम्बन्धित सबै पक्षलाई आह्वान गर्नुभएको हो ।

उहाँले विनाशकारी भूकम्पपछिको पुनर्निर्माण र पुर्नस्थापनाका क्रममा नेपालले प्राप्त गरेको अनुभव तथा सिकाईहरू अन्तर्राष्ट्रिय समुदायका लागि समेत अनुकरणीय हुने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण कार्यसँग सम्बन्धित सबै पक्षलाई संलग्न गराई तयार पारेको दस्तावेजहरू विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन क्षेत्रमा लागि पर्ने जो कसैका लागि महत्त्वपूर्ण ज्ञानको भण्डारका रुपमा रहने उहाँले स्पष्ट पार्नुभयो ।

भूकम्पपछि पुनर्निर्माण भएका भौतिक संरचनाहरू अझ बलियो बनेको उल्लेख गर्दै उहाँले त्यस कार्यमा सहयोग गर्ने अन्तर्राष्ट्रिय समूदायप्रति आभार पनि व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू