अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०४
| Colorodo: 03:19
आहा रारा गोल्ड कप फुटबल प्रतियोगितामा नेपाल पुलिस क्लबलाई हराउँदै अफ्रिकन रुट एसोसिएसन फाइनलमा प्रवेश गरेको छ ।पोखरा रङ्गशालामा बिहीवार भएको दोस्रो सेमिफाइनल खेलमा पुलिस क्लबलाई दुई–शून्यले हराउँदै अफ्रिकन रुट उपाधि नजिक पुगेको हो ।
अफ्रिकन रुटका बासेकले खेलको तेस्रो मिनेटमा र मौसाले इन्जुरी समयमा एक/एक गोल गरे । ६ पटकको च्याम्पियन पुलिस सेमिफाइनलबाटै बाहिरिएको छ । पहिलो पटक सहभागी अफ्रिकन रुट फाइनल पुगेको हो । उपाधिका लागि शनिवार सङ्कटा क्लब र अफ्रिकन रुट खेल्ने भएका छन् ।