अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५३ | Colorodo: 08:08

प्रधानमन्त्री ओलीलाई अनुशासनको कारबाही, पार्टीको साधारण सदस्य समेत नरहने गरी निश्कासन

बिआरटीनेपाल २०७७ माघ ११ गते ६:३९ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीले अनुशासनको कारबाही गरेको छ । आइतवार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले ओलीलाई अनुशासनको कारबाही गर्दै पार्टीको साधारण सदस्यता समेत नरहने गरी निश्कासन गरेको हो ।

प्रतिनिधि सभा विघटनलगत्तै विभाजन भएको नेकपाको प्रचण्ड–नेपाल समूहले ओलीलाई यसअघि नै पार्टीको अध्यक्षबाट हटाएको थियो । केही दिन अघि ओलीलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही किन नगर्ने भनी स्पष्टिकरण सोधिएको र त्यसको जवाफ ओलीले नदिनुभएकाले उहाँलाई पार्टीको साधारण सदस्यबाट समेत निश्कासन गरिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयाे ।

स्थायी समितिको बैठकले पार्टीको केन्द्रीय कार्यालय सचिवमा गंगालाल तुलाधरलाई लैजाने निर्णय गरेको प्रवक्ता श्रेष्ठले बताउनुभयो । श्रेष्ठका अनुसार कार्यालयको उपसचिवमा मोहन गौतमलाई नियुक्त गर्ने निर्णय भएको छ ।

बैठकले ९ गते राजधानीमा भएकाे विशाल जन प्रदर्शन भव्य रुपमा सम्पन भएको निश्कर्ष निकालेको छ । केन्द्रीय संघर्ष समितिमार्फत भोली नै अर्को चरणको संघर्षका कार्यक्रम सार्वजनिक गर्ने निर्णय भएको पनि प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू