अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१३ | Colorodo: 09:28

भाइरल बन्दैछन् ओबामा र ट्रम्पका नक्कली समाचार

बिआरटीनेपाल २०७३ माघ १९ गते १:०० मा प्रकाशित

कतिपय समाचारहरु सामाजिक सञ्जालमा तथ्यपरक नहुँदा नहुँदै पनि भाईरल बन्ने गर्दछन् । त्यस्तै भईरहेको छ यति बेला अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामा र नव निवार्चित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समाचार पनि ।

ओबामा र ट्रम्पका नक्कली समाचार प्रकाशित केही बिदेशी अनलाईनलाई पछ्याउँदै नेपाली संञ्चार माध्यमले पनि ट्रम्पका यी गतिबिधिहरुको बारेमा मुख्य शिर्षकमा नै समाचार बनाउन थालेपछि यतिबेला समाजिक सञ्जाल प्रयोगकर्तामा यो चासोको बिषय बनेको छ ।

यतिबेला राष्टपति डोनाल्ड ट्रम्पले एसियाका नागरिकहरुलाई अमेरिकामा विना भिसा भ्रमण गर्न अनुमति प्रदान गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेको भन्ने गलत समाचार फेसबुकमा भाइरल बनिरहेको छ भने पूर्व अमेरिकी राष्टपति बाराक ओबामाले जागीरको लागि कुनै प्राईभेट कम्पनिमा आबेदन दिएको समाचार पनि भ्र्रामक र झुटो रहेको छ । ओबामाले जागीर सुरु गरेपछि आफ्नो पुरानो मोटरसाईकलमा काममा जाने आउने गर्दैछन् भन्ने समाचारले नेपालीहरुले आफ्नो देशका नेताहरुलाई समेत ओबामाबाट केही सिक्न पर्ने भन्दै समाचारहरु सियर गर्दै आएका छन् । तर यो समाचार झुटो रहेको खुलासा भएको छ ।

त्यस्तै ओबामाले आफ्नो परिवार चलाउन जागीर खान लागेको भन्ने खवर पनि गलत रहेको छ । टाइम पत्रिकाका अनुसार ओबामाको झन्डै १२ मिलियन अमेरिकी डलरको सम्पत्ति रहेको छ । जुन नेपाली रुपैयाँ एक अर्बभन्दा धेरै हो । त्यो बाहेक अमेरिकी राष्ट्रपतिले कार्यकाल सकिएपछि वार्षिक झन्डै २ लाख डलर पेन्सनका रूपमा प्राप्त गर्ने नियम रहेको छ ।

त्यस्तै ओबामा पत्नी मिशेलको कुल सम्पत्ति पनि ११ दशमलव ८ मिलियन रहेको छ मिशेलले पनि वार्षिक २० हजार डलर पेन्सन बापत प्राप्त गर्नेछिन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू