अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२० | Colorodo: 18:35

बिदामा घर आएका आबुधावी प्रहरीमा कार्यरत ६२ जना नेपालीलाई यूएई सरकारले जहाज चार्टर्ड गरेर काममा फर्कायो

बिआरटीनेपाल २०७७ साउन २४ गते ६:२८ मा प्रकाशित

घरबिदामा नेपाल आएका आबुधावी प्रहरीमा कार्यरत तीन महिलासहित ६२ जना नेपालीलाई यूएई सरकारले निःशुल्क जहाज चार्टर्ड गरेर काममा फर्काएको छ । ४५ दिनको छुट्टीमा घर आएको अवस्थामा लकडाउनका कारण नेपालमै रोकिएका अबुधावी प्रहरीमा कार्यरत नेपालीलाई आबुधावी प्रहरीले झण्डै चार महिनापछि निस्शुल्क जहाज चार्टर्ड गरी फिर्ता ल्याएको हो ।

आबुधावी प्रहरीमा कार्यरत नेपाली गएको मार्च ८ देखि मे १८ सम्मको छुट्टीमा नेपाल गएका थिए । ६२ जनामध्ये धेरै जसो झण्डै ५ महिना नेपालमै रोकिएका थिए ।एयरअरेबिया जहाजमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सारजहाँ एयरपोर्ट उत्रिएका नेपालीलाई अबुधावी प्रहरीले स्कर्टिङ गर्दै क्याम्पको होम क्वरेण्टीनमा ल्याएर राखेको छ ।

आबुधावी पुगेपछि आफूहरुलाई क्याम्पकै क्वरेण्टीनमा राखेको खोटाङ घर भइ हाल आबुधावी प्रहरीमा कार्यरत हिराधन चाम्लिङले उज्यालोलाई जानकारी दिनुभयो । लकडाउनपछि आबुधावी पुगेका आबुधावी प्रहरीमा कार्यरत सम्पूर्णलाई घर बिदाको समेत तलब दिएर फिर्ता बोलाएको फर्किनेमध्ये एक अशोक रायमाझीले बताउनुभयो । फर्किने सबैको प्रवेश अनुमति, उडान अनुमति तथा सम्पूर्ण प्रक्रिया आबुधावी प्रहरीले नै गरिदिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू