अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०८ | Colorodo: 13:23

आज जनैपूर्णिमा, रक्षाबन्धन र राखी बाँधेर मनाईयो

बिआरटीनेपाल २०७७ साउन १९ गते ६:५३ मा प्रकाशित

आज साउन शुक्ल पूर्णिमा, अर्थात जनैपूर्णिमा । चुडाकर्म गरेका आम तागाधारीले जनै फेरेर मन्त्रोच्चारण गरिएको रक्षासूूत्र बाँधेर रक्षाबन्धन पर्व मनाएका छन् । यसपाली कोरोना भाइरसका कारण सुरक्षित भएर मात्र यज्ञोपवित धारण गरिउको छ । जनै फेर्नका लागि अघिल्लो दिन नै केश मुन्डन गरेर एकछाक भोजन गर्ने चलन छ । गोबर र तुलसी रोपिएको माटो लगाई नदी वा तलाउ कुण्डमा स्नान गरेर जनै फेर्ने र रक्षाबन्धन लगाउने प्रचलन छ ।

आजको दिन चुडाकर्म गरेका वा नगरेका सबैले पुरोहितद्वारा नाडीमा डोरो बाँध्ने प्रचलन छ । हिन्दुशास्त्र अनुसार जनैलाई ब्रह्मासूूत्र वा ज्ञानको धागोका रूपमा श्रद्धा गरिएको छ । जनैको ६ शिखामध्ये तीनलाई ब्रह्मा, विष्णु, महेश्वर र अर्को तीनवटालाई ज्ञान, कर्म, योगका रूपमा मानिएको छ । यो दिन जल, कुश तिलद्वारा सप्तऋषि काश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, वशिष्ठ र विश्वामित्रलाई तर्पण दिइन्छ । त्यसैले आजको दिनलाई ऋषितर्पणी नामले पनि चिनिन्छ ।

यज्ञोपवित्रसँगै दिदीबहिनीले दाजुुभाइलाई राखी बाँध्ने चलन पनि देशको मधेस संस्कृतिमा रहेको छ । जनै पूर्णिमाको दिन घरघरमा क्वाँटी खाने प्रचलन छ । नेवार समुुदायमा रहेको यो प्रचलन अहिले सबैतिर लोकप्रिय बनेको छ । खेती किसानी गर्नेलाई बढी पौष्टिक आहार चाहिने भएकाले क्वाँटीको विशेष महत्व रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू