अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३९ | Colorodo: 08:54

स्पेनिस लिग फुटवल– रियल मड्रिडद्वारा भ्यालेन्सीया पराजित

बिआरटीनेपाल २०७७ असार ५ गते ७:३४ मा प्रकाशित

स्पेनिस लिग फुटबल ‘ला–लिगा’ मा रियाल मड्रिडले भ्यालेन्सीयालाई ३–० ले हराएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा रियाललाई विजयी गराउन करिम बेन्जिमाले दुई तथा मार्को एसेन्सियोले एक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलको दोस्रो हाफमा रियालले तीन गोल गरेको हो । जितसँगै रियाल मड्रिडले शिर्ष स्थानको बार्सिलोनाको दुरी दुई अंकमा झारेको छ ।

रियालको २९ खेलमा ६२ अंक रहेको छ भने बार्सिलोनाको ६४ अंक छ । ला लिगाअन्तर्गत गएराती भएको अर्को खेलमा डेपोर्टीभो आलाभेजले रियाल सोसीडाडलाई २–० ले हराएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू