अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३१ | Colorodo: 18:46

अष्ट्रेलियामा डुबेर दुई नेपालीको मृत्यु, मृतक दुबैको सनाखत

बिआरटीनेपाल २०७६ पुष १९ गते ७:२० मा प्रकाशित

अष्ट्रेलिया सिड्नीको एक खोलामा डुबेर २ नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा २६ वर्षका विशाल सेढाईँ र २३ वर्षका रोशन छतकुली रहेको स्थानिय टेलिभिजन नाइन न्यूजले जनाएको छ । साथीहरुको समूहमा उनीहरु क्याम्पिङसँगै माछा मार्ने योजनामा शुक्रबार दिउँसो बेरोरा नेसनल पार्क पुगेका थिए । त्यसको केही समयपछि पौडी खेल्नका लागि खोलामा पसेका तीनजना मध्ये दुईजना बेपत्ता भएका थिए ।

घटनामा डुवेका अर्का प्रदीप पाण्डेको प्राथमिक उपचारपछि सिड्नीको वेस्टमिड अस्पतालमा सघन उपचार भईरहेको छ । उनको अवस्था गम्भीर बताइएको छ । घटनामा खटिएका गोताखोर प्रहरीले रातको करिब साढे ११ बजे पानीमा हराइरहेका दुईजनालाई मृत फेला पारेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू