अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०७ | Colorodo: 20:22

शेयर कारोबार गर्दा ब्रोकर कम्पनीले लिने कमिसन आजदेखि घट्याे

बिआरटीनेपाल २०८१ जेठ १ गते ५:१२ मा प्रकाशित

शेयर कारोबार गर्दा ब्रोकर कम्पनीले लिने कमिसन आजदेखि घटेको छ । नेपाल धितोपत्र बोर्डको प्रस्तावअनुसार अर्थ मन्त्रालयले कमिसन घटाउन सहमति दिएसँगै आजदेखि ब्रोकर कमिसन घटेको हो ।नयाँ व्यवस्थाअनुसार ब्रोकरले शेयर कारोबारीसँग लिने शुल्क १० प्रतिशत कम भएको छ । आजदेखि अधिकतम ब्रोकर कमिसन कारोबार रकमको शून्य दशमलव ३६ प्रतिशत कायम भएको छ ।

यस्तै ५० हजारदेखि पाँच लाखसम्मको कारोबारमा शून्य दशमलव ३३ प्रतिशत, पाँच लाखदेखि २० लाखसम्मको कारोबारमा शून्य दशमलव ३१ प्रतिशत, २० लाखदेखि एक करोडसम्मको कारोबारमा शून्य दशमलव २७ प्रतिशत र एक करोड रुपैयाँमाथि जतिसुकैको कारोबारमा शून्य दशमलव २४ प्रतिशत कायम भएको बोर्डले जनाएका छ । गएको कात्तिकमै धितोपत्र बोर्डको सञ्चालक समितिले ब्रोकर कमिसन घटाउने गरी नियमावली संशोधन गर्ने निर्णय गरेको थियो तर अर्थ मन्त्रालयको सहमति पाउन नसक्दा लागू हुन सकेको थिएन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू