अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०७ | Colorodo: 20:22

रेमिट्यान्स १९ दशमलव ८ प्रतिशतले बढ्यो, वैदेशिक व्यापार २ दशमलव ९ प्रतिशतले घट्यो

बिआरटीनेपाल २०८१ जेठ ४ गते ७:०० मा प्रकाशित

चालु आर्थिक वर्षको ९ महिनामा विप्रेषण अर्थात् रेमिट्यान्स आप्रवाह बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले रेमिट्यान्स आप्रवाह १९ दशमलव ८ प्रतिशतले बढेर १० खर्ब ८२ अर्ब ६२ करोड रुपैयाँ पुगेको जानकारी दिएको छ । यस्तै चालु आर्थिक वर्षको ९  महिनामा कुल वैदेशिक व्यापार अघिल्लो वर्षको त्यही अवधिको तुलनामा २ दशमलव ९ प्रतिशतले घटेको छ । समीक्षा अवधिमा वस्तु निर्यात ३ दशमलव ७ प्रतिशतले घटेको छ भने वस्तु आयात २ दशमलव ८ प्रतिशत र कुल वस्तु व्यापार घाटा २ दशमलव ८ प्रतिशतले घटेको उल्लेख छ । आयातमा भएको सङ्कुचनका कारण शोधनान्तर बचत बढ्न गई बाह्य क्षेत्र सुदृढ रहेको पनि राष्ट्र बैंकले जनाएको छ ।

चालु आर्थिक वर्षको पहिलो नौ महिनामा चालु खाता एक सय ७९ अर्ब ४८ करोड र शोधनान्तर तीन सय ६५ अर्ब १६ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो आर्थिक वर्षको त्यही अवधिमा चालु खाता ६० अर्ब ४३ करोडले घाटामा र शोधनान्तर एक सय ७४ अर्ब २८ करोड रुपैयाँले बचतमा रहेको थियो । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/०८१ को नौ महिनासम्ममा चालु खर्च ६ सय ४४ अर्ब ३ करोड रुपैयाँ भएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू