अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१२ | Colorodo: 23:27

शेयर बजार दाेहाेराे अङ्कले बढ्याे, ३ अर्ब ४० कराेड रुपैयाँकाे काराेबार

बिआरटीनेपाल २०८१ वैशाख ३१ गते ६:५३ मा प्रकाशित

शेयर बजार आज दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २४ दशमलव ३९ अङ्कले बढेर एक हजार नौ सय ९८ दशमलव ८९ विन्दुमा पुगेको छ ।आज फाइनान्स, होटल, उत्पादन, निर्जीवन र व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा जीवन बीमा, बैंकिङ, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज नारायणी विकास बैंक, समाज लघुवित्त र मान्डु हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । दोहोरो अङ्कले बजार बढेको दिन सीवाईसी नेपाल लघुवित्त कम्पनीको शेयर भने साढे पाँच प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज तीन सय २० वटा कम्पनीका ९५ लाख ४१ हजार कित्ता शेयर तीन अर्ब ४० करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल रिइन्सुरेन्स कम्पनी लिमिटेड (प्रोमोटर) को ३० करोड रुपैयाँ बराबरको शेयर खरिद/बिक्री भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू