अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३० | Colorodo: 19:45

शेयर बजार खासै घटबढ भएन, ३ वटा कम्पनीकाे शेयर १० प्रतिशतले बढ्याे

बिआरटीनेपाल २०८१ जेठ ३ गते ६:४७ मा प्रकाशित

शेयर बजार आज खासै घटबढ भएको छैन । शेयर बजार परिसूचक नेप्से आज शून्य दशमलव ७९ अङ्कले बढेर दुई हजार १८ दशमलव ७६ विन्दुमा पुगेको छ ।आज माइक्रोफाइनान्स र अन्य बाहेक सबै समूहको शेयर घटेकोमा बीमा, विकास बैंक, होटल समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

बजार खासै घटबढ नभएको दिन हिमालयन लघुवित्त, जालपा लघुवित्त र सृजनशील लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । आज मान्डु हाइड्रोपावर कम्पनीको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । आज तीन सय १५ वटा कम्पनीको ८२ लाख ८२ हजार रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ४३ करोड रुपैयाँ बराबरको शेयर खरिद/बिक्री भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू