अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१६ | Colorodo: 19:31

लगातार ४ दिनसम्म बढेकाे शेयर बजार आज ९ अङ्कभन्दा धेरैले घट्याे

बिआरटीनेपाल २०८१ जेठ २ गते ५:०० मा प्रकाशित

लगातार चार दिनसम्म बढेको शेयर बजार आज नौ अङ्कभन्दा धेरैले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज नौ दशमलव ५४ अङ्कले घटेर दुई हजार १७ दशमलव ९७ विन्दुमा आइपुगेको छ ।आज उत्पादन, म्युचल फन्ड र व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा होटल, विकास बैंक, बीमा समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज गुराँस लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन उपकार लघुवित्त र युनिक नेपाल लघुवित्त कम्पनीको शेयर भने १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । बजार घटेकाे दिन तीन सय १५ वटा कम्पनीका ८४ लाख ९० हजार कित्ता शेयर तीन अर्ब ७० करोड रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा धेरै पिपुल्स पावर कम्पनीको ११ करोड रुपैयाँ बराबरको शेयर खरिद/बिक्री भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू