अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०४ | Colorodo: 02:19

मैत्रीपूर्ण फुटबलमा आज राति नेपाल र इङ्ग्ल्यान्ड ‘सी’ खेल्दै

बिआरटीनेपाल २०८१ वैशाख २४ गते ७:१७ मा प्रकाशित

नेपाली राष्ट्रिय फुटबल टोली र इङ्ग्ल्यान्डको ‘सी’ टोलीबीचको दोस्रो तथा अन्तिम मैत्रीपूर्ण फुटबल आज राति हुँदैछ । यो खेल नेपाली समयअनुसार बेलुका पौने ९ बजे एल्डरशटमा रहेको ईबीबी स्टेडियममा हुनेछ ।

यसअघि गएको शुक्रवार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय फुटबल टोलीले गोलरहित बराबरी खेलेको थियो । एल्डरशटमा रहेको मिलिटरी स्टेडियममा भएको खेलमा नेपालले ब्रिटिश आर्मी टोलीसँग गोलरहित बराबरी खेलेको थियो ।

दुई वटा मैत्रीपूर्ण फुटबलका लागि २३ सदस्यीय नेपाली राष्ट्रिय टोली इङ्ग्ल्यान्ड गएको हो ।

यस्ताे छ नेपाली टाेली–

गाेलकिपर : किरण चेम्जाेङ, अभिषेक बराल, विशाल सुनार

डिफेन्डर : छिरिङ लामा, सनिश श्रेष्ठ, अभिषेक लिम्बु, विशाल बस्नेत, विमल पाण्डे, साैभाग्य राई, याेगेश गुरुङ, राेहित चन्द

मिडफिल्डर : फत्तेमान घले, मणिकुमार लामा, भरत खवास, उत्सव राई, मनिष डाँगी, लकेन लिम्बु

फर्वार्ड : दिनेश हेन्जन, अञ्जन विष्ट, जिलेस्पीजङ्ग कार्की, हिसुब थपलिया, समिर तामाङ, सञ्जीव विष्ट

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू