अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५९ | Colorodo: 05:14

मनसुनको प्रक्षेपण : दक्षिण एसियाली देशमा अधिक वर्षा

बिआरटीनेपाल २०८१ वैशाख २२ गते ७:०२ मा प्रकाशित

यस वर्षको मनसुन अवधिमा दक्षिण एसियाली देशहरुमा सामान्यदेखि अधिक वर्षा हुने प्रक्षेपण सार्वजनिक भएको छ । भारतको पुणेमा अप्रिल अन्तिम साता आयोजित दक्षिण एसियाली मौसम आउटलुक फोरम ९सास्कोफ०को बैठकले सो प्रक्षेपण सार्वजनिक गरेको हो । दक्षिण एसियाली देशका मौसमविदहरु सहभागी सास्कोफले दक्षिण एसियाका देशहरुको मौसमी अवस्थाबारे छलफल तथा विश्लेषण गर्दछ । यसमा अन्य अन्तर्राष्ट्रिय विशेषज्ञहरुको समेत राय लिने गरिन्छ ।

त्यसैको आधारमा निकालिने निष्कर्षको आधारमा दक्षिण एसियाली देशहरुले आ–आफ्नो देशको अलग्गै मौसमी अवस्था प्रक्षेपण सार्वजनिक गर्दछन् । नेपालको जल तथा मौसम विज्ञान विभागले पनि मनसुन अवधिको सम्भावित अवस्था सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू