अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५८ | Colorodo: 20:13

फ्रान्सको कब्जामा रहेको न्यू क्यालेडोनिया टापुमा हिंसात्मक प्रदर्शन, ५ जनाको ज्यान गयो

बिआरटीनेपाल २०८१ जेठ ४ गते ७:०२ मा प्रकाशित

फ्रान्सको कब्जामा रहेको न्यू क्यालेडोनिया टापुमा मतदानको नियमलाई लिएर तीन दिनदेखि जारी प्रदर्शन हिंसात्मक हुन थालेको छ । प्रदर्शनमा अहिलेसम्म पाँच जनाको ज्यान गएको र ६४ जना घाइते भएका समाचार संस्था अलजजिराले जनाएको छ । प्रहरीले दुई सय जनालाई पक्राउ गरेको छ ।

प्रदर्शन हिंसात्मक हुन थालेपछि १२ दिनका लागि सङ्कटकाल घोषणा गरिएको फ्रान्स सरकारले जानकारी दिएको छ । फ्रान्सले हालै न्यू क्यालेडोनियामा मतदान नियम परिवर्तन गर्ने विधेयक पारित गरेको थियो । यो विधेयकअन्तर्गत न्यू क्यालेडोनियाका मूल निवासीबाहेक फ्रान्सबाट त्यहाँ बसोबास गर्ने व्यक्तिलाई पनि मतदान गर्ने अधिकार दिइएको छ । यसैको विरोधमा त्यहाँ प्रदर्शन भइरहेको हो ।

फ्रान्सबाट १६ हजार किलोमिटर टाढा दक्षिण प्रशान्त महासागरमा रहेको यो टापु फ्रान्सले एक सय ७१ वर्षदेखि आफ्नो कब्जामा राखेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू