अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१० | Colorodo: 20:25

भारतको पश्चिम बङ्गालमा चट्याङ लागेर ११ जनाको ज्यान गयो

बिआरटीनेपाल २०८१ जेठ ४ गते ७:०४ मा प्रकाशित

भारतको पश्चिम बङ्गालको माल्दामा चट्याङ लागेर ११ जनाको ज्यान गएको छ । अरु धेरै मानिस घाइते भएका छन् । घाइतेहरुको अस्पतालमा उपचार भइरहेको छ । हिजो चट्याङ लागेर ज्यान गुमाउने ११ जनामध्ये तीन नाबालक, दुई जना युवा र अरु ज्येष्ठ नागरिक रहेका बीबीसीले जनाएको छ ।

पीडित परिवारलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति दिइने खबरमा उल्लेख छ । जिल्ला प्रशासनले पनि घाइतेको उपचार र ज्यान गुमाएकाको परिवारलाई निरन्तर सहयोग गरिरहेको छ । पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बनर्जीले यस घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।

उहाँले सामाजिक सञ्जालमार्फत माल्दामा चट्याङबाट ज्यान गुमाएकाका परिवारप्रति समवेदना रहेको भन्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू