अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:११ | Colorodo: 19:26

भारतमा न्युजक्लिकका प्रधानसम्पादक पुरकायस्थ जेलमुक्त

बिआरटीनेपाल २०८१ जेठ ३ गते ७:३६ मा प्रकाशित

भारतीय समाचार पोर्टल ’न्युजक्लिक’ का संस्थापक तथा प्रधानसम्पादक प्रबीर पुरकायस्थ जेलबाट छुट्नु भएको छ । सर्वोच्च अदालतको आदेशपछि पुरकायस्थ गएराति तिहाड जेलबाट निस्किनु भएको हो । उहाँलाई  गएको अक्टोबरमा युएपीए अन्तर्गत चीनबाट अवैध रकम लिएको आरोपमा पक्राउ गरिएको थियो ।दिल्ली प्रहरीले गैरकानुनी रूपमा पक्राउ गरी हिरासतमा राखेको भन्दै हिजो सर्वोच्च अदालतले पुरकायस्थलाई रिहा गर्न आदेश दिएको बीबीसी हिन्दीले जनाएको छ । न्यायाधीशहरू बीआर गवई र सन्दीप मेहताको संयुक्त इजलासले पक्राउ गर्ने बेलामा प्रहरीले कुनै आधार नबताएका उल्लेख गरेको छ ।

पुरकायस्थले आफ्नो पक्राउ गैरकानुनी भएको भन्दै सर्वोच्चमा निवेदन दिनुभएको थियो । उहाँसहित न्युजक्लिकका प्रशासनिक प्रमुख अमित चक्रवर्तीलाई दिल्ली प्रहरीको स्पेसल सेलले पक्राउ गरेको थियो । न्युयोर्क टाइम्समा छापिएको एक समाचारका आधारमा चीनबाट अवैध रूपमा सहयोग लिएको भन्दै भारतीय प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो ।न्युयोर्क टाइम्सले चीन सरकारले प्रोपोगान्डा फैलाउन न्युजक्लिक अनलाइन पोर्टललाई पैसा दिएको दाबी गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू