अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४७ | Colorodo: 20:02

रुस–युक्रेन युद्धका कारण युक्रेनमा हरेक दिन २ बालबालिकाको मृत्यु

बिआरटीनेपाल २०८१ जेठ ३ गते ६:५१ मा प्रकाशित

रुस युक्रेनबीच जारी युद्धका कारण हालसम्म युक्रेनका १९ सय ९३ बालबालिकाको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ ।संयुक्त राष्ट्रसंघीय बालबालिका कोष युनिसेफले सार्वजनिक गरेको तथ्यांंक अनुसार सन् २०२२ देखि जारी युद्धका क्रममा हरेक दिन दुई बालबालिकाको मृत्यु हुने गरेको छ ।

तत्थ्यांकमा ५० प्रतिशत किशोरहरु आक्रमणका त्रासमा रातमा ननिदाउने गरेको र ४० प्रतिशत बालबालिका मानसिक तनावमा रहेको पनि उल्लेख छ । युद्धका कारण पठन पाठनबाट बञ्चित रहेका युक्रनेका बालबालिकाको संख्या पनि ५० प्रतिशत पुगेको छ ।

युक्रेनमा हाल बालबालिकाको संख्या १० लाखको हाराहारीमा रहेको र उनीहरुमध्ये १ लाख बालबालिकाको अनलाइनबाट पढाइ भइरहेको छ ।संंयुक्त राष्ट्रसंघको पहलमा १३ लाख बालबालिकाको पढाइका लागि पहल गरेतापनि मानसिक तनावका कारण सार्थकता पाउन नसकेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू