अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२९ | Colorodo: 23:44

गोली लागेका स्लोभाकियाका प्रधानमन्त्रीको गम्भीर अवस्थामा उपचार हुँदै, आक्रमण गर्ने व्यक्ति पक्राउ

बिआरटीनेपाल २०८१ जेठ ३ गते ६:५७ मा प्रकाशित

गोली लागेर घाइते भएका स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोको गम्भीर अवस्थामा उपचार भइरहेको छ । स्लोभाक शहर ह्याण्डलोभामा सरकारी बैठक सकेर प्रधानमन्त्री फिको बाहिर निस्कने क्रममा हिजो उहाँमाथि गोली प्रहार भएको थियो । पेट, हात र खुट्टामा चोट लागेका उहाँलाई हेलिकप्टरबाट अस्पताल लगिएको थियो । उहाँको अवस्था चिन्ताजनक रहेको बीबीसीले जनाएको छ ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउसमेत गरेको छ । घटनापछि सार्वजनिक भएको भिडियोमा गोली चलेलगत्तै सुरक्षाकर्मीहरु गोली चलाउने व्यक्तिलाई पक्राउ गर्न दौडिरहेको देखिन्छ । स्लोभाकियाका राष्ट्रपति जुजाना सापूतोवाले हमलाबाट आफू स्तब्ध भएको बताउनुभएको छ । उहाँ लगायत त्यहाँका अरु राजनीतिज्ञले गोली काण्डलाई लोकतन्त्रमाथिको आक्रमण  भनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू