अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५७ | Colorodo: 00:12

अस्ट्रेलियाले २०२६ को एएफसी महिला एसियन कपको आयोजना गर्ने

बिआरटीनेपाल २०८१ जेठ ३ गते ७:२२ मा प्रकाशित

सन् २०२६ को एएफसी महिला एसियन कप अस्ट्रेलियाले आयोजना गर्ने भएको छ ।सन् २०२६ को प्रतियोगिता अस्ट्रेलियाले आयोजना गर्ने एएफसी महिला फुटबल समितिको सिफारिसलाई एसियाली फुटबल महासङ्घ (एएफसी) को कार्यकारी समितिले औपचारिक रूपमा अनुमोदन गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

२१ औँ संस्करणको प्रतियोगिताको समूह चरणका खेल अस्ट्रेलियाको न्यु साउथ वेल्स, क्विन्सल्यान्ड र वेस्टर्न अस्ट्रेलियामा हुनेछ । प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल सिड्नी स्टेडियममा हुनेछ । अस्ट्रेलियाले यसअघि सन् २००६ मा प्रतियोगिताको आयोजना गरेको थियो । एएफसी महिला एसियन कपमा सबैभन्दा सफल टिम चीन हो । चीनले अहिलेसम्म नौ पटक उपाधि जितेको छ । यस्तै दोस्रो स्थानमा रहेको उत्तर कोरियाले तीन पटक उपाधि जितेको छ ।

यसैबीच एएफसी महिला एसियन कप अयोजना गर्ने अधिकार पाएकोमा फुटबल अस्ट्रेलियाले खुशीयाली मनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू