अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५७ | Colorodo: 20:12

प्रिमियर लिगमा लिभरपुल र एस्टन भिल्लाको बराबरी : आज सिटी र टोटनहम खेल्दै

बिआरटीनेपाल २०८१ जेठ १ गते ५:२० मा प्रकाशित

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र एस्टन भिल्लाले तीन/तीन गोलको बराबरी खेलेका छन् । भिल्ला पार्कमा गएराति भएको खेलमा लिभरपुलले शुरुवाती अग्रता जोगाउन सकेन । बराबरीसँगै लिभरपुल ३७ खेलमा ७९ अङ्कका साथ तालिकाको तेस्रो स्थानमा छ ।

समान खेलमा एस्टन भिल्ला ६८ अङ्कसहित चौथो स्थानमा छ । खेलको दोस्रो मिनेटमै लिभरपुलले एमिलियानो मार्टिनेजको उपहार गोलबाट अग्रता बनाएको थियो । तर, १२ औँ मिनेटमा यूरी टिलेम्यान्सले गोल गरे र एक/एकको बराबरीमा ल्याए । तर २३ औँ मिनेटमा कोडी गाक्योले र ४८ औँ मिनेटमा जेरेल क्वान्साहले गोल गर्दा लिभरपुलले दुई गोलको अग्रता बनाएको थियो । तर खेलको ८५ औँ र ८८ औँ मिनेटमा एस्टन भिल्लाका जोन डुरानले गोल गरेपछि खेल बराबरी भयो ।

प्रिमियर लिगमा आज एउटा खेल हुँदैछ । आज राति नेपाली समयअनुसार पौने एक बजे दोस्रो स्थानको म्यानचेस्टर सिटी र पाँचौ स्थानको टोटनहम खेल्दैछन् । सिटी ३६ खेलमा ८५ अङ्कसहित तालिकाको दोस्रो र समान खेलमा ६३ अङ्कसहित टोटनहम पाँचौ स्थानमा छ । शीर्ष स्थानमा रहेको आर्सनलको ३७ खेलमा ८६ अङ्क छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू