अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०९ | Colorodo: 20:24

लगातार तेस्राे जीतसहित एपीएफ एक खेलअघि नै फाइनलमा

बिआरटीनेपाल २०८१ जेठ २ गते ५:०३ मा प्रकाशित

सशस्त्र प्रहरी बलको एपीएफ क्लब ललितपुर मेयर कप महिला टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । प्रतियोगितामा लगातार तेस्रो जितसहित एपीएफ एक खेलअघि नै उपाधि नजिकै पुगेको हो ।आज कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा भएको खेलमा एपीएफले ललितपुर मेयर्स–एघारलाई ८ विकेटले हरायो । ललितपुरले दिएको ७२ रनको लक्ष्य एपीएफले २ विकेट गुमाएर ५९ बलमै भेटायो । एपीएफकी कप्तान सीता राना मगरले अर्धशतक बनाइन् । उनी ३५ बलमा ५० रन जोडेर आउट भइन् । ललितपुरकी कृतिका मरासिनीले २ विकेट लिइन् ।

यसअघि टस जितेर ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ५ विकेट गुमाएर ७१ रन बनायो । ललितपुरकी कप्तान पूजा महतोले सबैभन्दा धेरै २४ रन बनाइन् । एपीएफकी रेखा रावल र सीता राना मगरले समान १ विकेट लिइन् । एपीएफ ६ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । ललितपुर २ अङ्कसहित तेस्रो स्थानमा छ । प्रतियोगिताको दोस्रो खेलमा अहिले बाग्मती प्रदेश र कोशी प्रदेश खेल्दैछन् । दुई खेल खेलेका दुवै टाेली जीतविहीन छन् । काेशी तालिकाकाे चाैथाे र बाग्मती पाँचाैँ स्थानमा छ ।

पाँच टोली सहभागी प्रतियोगिताको फाइनल खेल आउँदो शनिवार हुनेछ । लिग चरणका शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू