अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०८ | Colorodo: 20:23

प्रिमियर लिगको उपाधि म्यानचेस्टर सिटीले जित्यो

बिआरटीनेपाल २०८१ जेठ ७ गते ५:१० मा प्रकाशित

इंग्लिश प्रिमियर लिगको उपाधि म्यानचेस्टर सिटीले जितेको छ । गएराति भएको प्रिमियर लिगको अन्तिम खेलमा वेस्ट ह्यामलाई ३–१ ले हराएर सिटीले लगातार चौथो पटक उपाधि जितेको हो । आर्सनललाई  २ अङ्कले पछि पार्दै सिटीले कीर्तिमानी लिग उपाधि जितेको हो । लगातार चार पटक एउटै टोलीले लिग उपाधि जितेको यो इतिहासमा पहिलो पटक हो ।

म्यानचेस्टर सिटीको जितमा फिल फोडेनले खेलको दोस्रो मिनेट मै गोल गरेका थिए । यस्तै उनले खेलको १८ मिनेटमा अर्को गोल थपे । खेलको ५९ औं मिनेटमा रोड्रिले गोल गरे । वेस्ट ह्यामका लागि भने मोहम्मद कुडुसले खेलको ४२ औं मिनेटमा गोल गरेपछि अर्को गोल हुन सकेन ।गएरातिको अर्को खेलमा आर्सनलले  एभर्टनलाई  २–१ ले हराएको थियो । तर  उपाधिका लागि पर्याप्त भएन । म्यान्चेस्टर सिटीले ३८ खेलमा २८ जित, ७ बराबरी र ३ हारसहित ९१ अङ्क बटुल्यो । आर्सनलले भने ३८ खेलमा २८ जित, ५ बराबरी र ५ हार सहित ८९ अङ्कमा दोस्रो स्थानमा चित्त बुझाउनु पर्‍याे ।

यसैगरी गएरातिको अरु खेलमा म्यान्चेस्टर सिटीले ब्राइटनलाई २–० ले हरायो । लिभरपुलले उल्भ्सलाई पनि २–० ले हरायो । तेस्रो स्थानको लिभरपुलको ३८ खेलमा ८२ अङ्क रहेको छ । यस्तै चेल्सीले बर्नमाउथलाई २–१ ले हराएको थियो भने टोटनहमसंग सेफिल्ड युनाईटेड ३–० ले पराजित भएको थियो । गएराति नै भएको अर्को खेलमा क्रिष्टल प्यालेसले एस्टन भिल्लालाई ५–० ले हराएको थियो । न्यु क्यासलले ब्रेन्टफोर्डलाई ४–२ गोल अन्तरले हरायो । यसैगरि फुलह्यामसँग लुटन टाउन ४–२ ले पराजित भयो । नटिङगम फरेस्टले बर्नलीलाई २–१ ले हरायो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू