अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१० | Colorodo: 19:25

प्रिमियर लिग : आज हुने अन्तिम खेलबाट उपाधिको छिनोफानो

बिआरटीनेपाल २०८१ जेठ ६ गते ६:५० मा प्रकाशित

इंग्लिस प्रिमियर लिग फुटबलमा आज १० वटा खेल हुँदैछन् । आज उपाधिको छिनोफानो नै हुँदैछ । आज राति उपाधि दावेदार टोली म्यानचेस्टर सिटीले वेस्ट ह्याम र अर्को उपाधि नजिक रहेको टोली आर्सनलले एभर्टनसँग खेल्दैछ । सिटी लगातार चौथोपटक उपाधि नजिक छ ।अङ्क तालिकामा शीर्ष स्थानको सिटी र दोस्रो स्थानको आर्सनलबीच दुई अङ्कको अन्तर छ । आजको अन्तिम खेलमा सिटीले वेस्ट ह्यामलाई हराउन सकेमा उपाधि जित्नेछ । तर सिटी वेस्ट ह्यामसँग पराजित भएमा आर्सनलले उपाधि जित्नेछ । त्यसका लागि आर्सनलले एभर्टनलाई हराउनुपर्ने हुन्छ ।

सिटीले बराबरी खेल्ने र आर्सनलले एभर्टनलाई हराएको अवस्थामा दुवै टिमको ८९ अङ्क हुनेछ । यस्तो अवस्थामा गोल अन्तरको आधारमा आर्सनलले उपाधि जित्नेछ । आजका अरू खेलमा लिभरपुल र उल्भ्स, सेफिल्ड युनाइटेड र टोटनहम, लुटन टाउन र फूलहम, ब्राइटन र म्यानचेस्टर युनाइटेड, ब्रेन्टफोर्ड र न्यूक्यासल, क्रिस्टल प्यालेस र एस्टनभिल्ला, बर्नली र नटिङघम फरेस्ट तथा चेल्सी र बर्नमाउथ खेल्दैछन् । आजका सबै खेल नेपाली समय अनुसार राति पौने ९ बजे शुरु हुनेछन् । यी खेलसँगै लिगको यो सिजन पनि टुङ्गिनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू