अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२७ | Colorodo: 05:42

शिक्षालाई बढावा दिन चीनमा ‘एआई’ अभियान शुरु

बिआरटीनेपाल २०८० चैत १६ गते ५:४९ मा प्रकाशित

चीन सरकारले शिक्षालाई बढावा दिन कृत्रिम बौद्धिकता अर्थात् ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) अभियान शुरु गरेको छ । विशेषज्ञले एआई प्रविधिबारे छलफल गर्ने, सिकाउने र चिनियाँ दृष्टिकोणलाई योगदान दिन डिजिटल शिक्षाको विकासका लागि अन्तर्राष्ट्रिय प्लेटफर्म निर्माण गर्ने गरी अभियान शुरु भएको चिनियाँ अधिकारीलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

अभियान चार वटा विशेष विषयमा केन्द्रित रहेको छ । जसमा देशको स्मार्ट शिक्षा प्लेटफर्ममा एआई लर्निङलाई एउटा स्तम्भका रूपमा अघि बढाइएको छ । अभियानको उद्देश्य एआईमार्फत शिक्षण र सिकाइको एकीकृत प्रयोगलाई प्रवर्द्धन गर्ने, नागरिकको डिजिटल शिक्षा साक्षरता र सीप सुधार गरि एआई प्रयोगको वैज्ञानिक मानकीकरण गर्ने रहेको छ ।

एआईसम्बन्धी कार्यक्रम अहिले चीनका ग्वान्झाओ, हैनान, सिझाङलगायतका विभिन्न शहरका विद्यालयमा नमुना कार्यक्रमका रूपमा सञ्चालन गरिने शिक्षा मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू