अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२२ | Colorodo: 14:37

टेस्लाले २०२५ सम्ममा मानिसले जसरी नै काम गर्ने रोबोट बेच्न शुरु गर्न सक्ने

बिआरटीनेपाल २०८१ वैशाख १२ गते ८:१० मा प्रकाशित

विद्युतीय गाडी निर्माता कम्पनी टेस्लाले अर्काे वर्ष २०२५ को अन्त्यसम्ममा मानिसले जसरी काम गर्नसक्ने ‘ह्युमोनोइड रोबोट अप्टिमस’ बेच्नका लागि तयार हुनसक्ने जनाएको छ ।एक सम्मेलनका क्रममा टेस्लाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले ह्युमोनोइड रोबोटले मानिसले जस्तै गरी काम गर्नसक्ने दाबी गर्नुभयो । रोबोटको प्रयोग वेयरहाउजिङ, लजिस्टिक, रिटेल र निर्माणको क्षेत्रमा प्रयोग गरिने मस्कलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

जापानको होन्डा र हुन्डाई मोटर्सको बोस्टोन डायनामिक्सले पनि लामो समयदेखि यस्तो रोबोट विकास गरिरहेका छन् । यसै वर्ष माइक्रोसफ्ट र एनभिडियाको समर्थित स्टार्टअप फिगरले जर्मन अटो निर्माता कम्पनी बीएमडब्ल्यूसँग ह्युमोनोइड रोबोट निर्माण गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका खबरमा उल्लेख छ । टेस्लाको रोबोटको मूल्य र विशेषताबारे अहिले जानकारी उपलब्ध भइसकेको छैन । अर्बपति एलन मस्कले रोबोट बिक्री टेस्लाको अन्य क्षेत्रभन्दा ठूलो हिस्सा बन्नसक्ने यसअघि नै बताइसक्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू