अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५४ | Colorodo: 00:09

केजरीवाल अझै ४ दिन हिरासतमै रहने

बिआरटीनेपाल २०८० चैत १५ गते ७:१५ मा प्रकाशित

भारतको राजधानी नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल थप चार दिन हिरासतमै रहने भएका छन्। रक्सी नीतिमा भ्रष्टाचार गरेको आरोपमा पक्राउ परेका मुख्यमन्त्री केजरीवाललाई प्रवर्तन निर्देशनालय (ईडी) ले बिहीवार समय माग गरेपछि उनलाई अदालतले थप ४ दिन हिरासतमै राख्न समय दिएको बीबीसीले जनाएको छ।

ईडीले अदालतसँग कजेरीवाललाई ७ दिन हिरासतमा राख्न समय माग गरेको थियो। ईडीले गत साता केजरीवालसँग सोधपुछ गरेपछि उनको आवासबाट हिरासतमा लिएको थियो। त्यसपछि शुक्रवार अदालतमा पेश गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू